माेरङ /  नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को अवसर पारेर झिःपुच विराटनगरले ब्लाष्ट टाइम्सका सं‌वाददाता अनिल श्रेष्ठसहित ६ जना सम्मानित भएका छन् ।
विराटनगर–१० बंगलामुखी मार्गस्थित झि पुचः भवनमा सोमबार एक भव्य समारोहको बिच पत्रकार श्रेष्ठसहित विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको हो ।
झि पुचः ले जेष्ठ नागरिक (थकाली) बाट विराटनगरका ८२ वर्षीय नारायणबहादुर श्रेष्ठ र (नाकी) सम्मानबाट विराटनगरकै ८६ वर्षीय सावित्रीदेवी तुलाधरलाई सम्मान गरिएको हो । यस्तै साहित्यकारको क्षेत्रबाट सरिता तुलाधर र मिस नेवा कोशीका बिजेता रस्मिता उदासलाई सम्मान गरिएको थियो । कार्यक्रममको प्रमुख अतिथि युद्धप्रसाद वैद्यले सम्मानित भएकाहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सोही अवसरमा संस्कृतिविद युद्धप्रसाद वैद्य पनि सम्मानित भए ।
कार्यक्रममा बोल्दै वैद्यले भाषा र संस्कृतिको लोप हुँदै गएकोले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । पहिचानको समस्या रहेको जानकारी दिदै उनले आफ्नो पहिचानको लागि एक जुट भएर लाग्नुपर्ने उनले बताए । ‘हाम्रो पर्खाले ल्याएको भाषा र सँस्कृतिको रूपान्तरण हुन नसक्दा लोप हुँदै गएको छ,’ उनले भने, ‘आफ्नो भाषा, संस्कृतिलाई जीवित राख्न पुस्ता हस्तान्तरण हुन जरुरी छ ।’ हाम्रो संस्कृतिमा घुषपैठ बढेकोले यस्तो प्रवृति तत्काल रोक्नुपर्ने उनले बताए ।
कार्यक्रममा थलाकीकोतर्फबाट नारायण श्रेष्ठ, संरक्षकको तर्फबाट नारायण श्रेष्ठ र नवनिर्वाचित अध्यक्ष जयन्त प्रधानाङ्गलगायले बोलेका थिए । कार्यक्रम अगाडी विराटनगरमा भव्य मोटसाइकल ¥याली पनि निकालिएको थियो । विराटनगरस्थित झिःपुच भवनबाट प्रसादको रूपमा अण्डा र ‘सगुन’ ग्रहण गरेपछि ट्राफिक चौक हुदै महानगर परिक्रामा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रम भएको थियो । ¥यालीमा झिः पुचका पदाधिकारी, नेवार सामुदायका किशोर, किशोरीहरू आफ्नो जातिय पहिरनमा सजिएर सहभागि भए ।
१५ लाखको अक्षय कोषको घोषणा
नेपाल सम्वत ११४० को अवसर पारेर झि पुचः विराटनगरका पूर्व अध्यक्ष तथा संरक्षक सुदर्शनबहादुर श्रेष्ठले १५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । नेपाली भाषा साँस्कृतिमा योगदान पु¥याउने उद्देश्यले श्रेष्ठले अक्षयकोष स्थापना गरेका हुन् । श्रेष्ठले स्थापना गरेको कोषबाट आएको ब्याजले २÷२ वर्षमा एक जनालाई नेपाली भाषा संस्कृतिमा योगदान पु¥याउने १ जनालाई नगद २ लाख राशीको पुरस्कार प्रदान गरिने भएको छ । यो पुरस्कार झि पुचः ले न्हुँ दँया भिंतुना नेपाल सम्बतको अवसर पारेर प्रदान गर्नेछ । आगमी वर्षदेखि प्रदान गरिने बताइएको छ ।
सोही अवसमार नाकी सावित्री देवी तुलाधरले पनि २ लाख ५१ हजार रुपैयाँ झि पुचः लाई सहयोग प्रदान गरेकी थिइन् ।
झि पुचः को नयाँ नेतृत्वको पदस्थापन
झि पुचः विराटनगरको २६ औं वार्षिक साधरणसभाबाट नयाँ नेतृत्व चयन भएका पदाधिकारीहरूको पनि पस्थापन भएको छ । सर्वसम्मत रूपमा निर्वाचित भएका १७ जना नयाँ कार्यसमतिले सोमबार प्रमाण पत्र ग्रहण गरेर पदस्थापन गरे । केही दिन अगाडी सम्पन्न भएको साधरणसभाबाट झिः पुच विराटनगरको अध्यक्षमा जयन्त प्रधानाङ्ग, वरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ, कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष आमात्य, सचिबमा सुरेश लाल श्रेष्ठ छन् । यस्तै सदस्यहरूमा उदयबहादुर डंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, रामकुमार श्रेष्ठ, सन्जु शाक्य, रन्जना अमात्य, संजयकुमार श्रेष्ठ, सम्झना प्रधान, युनेशराज श्रेष्ठ र मिरा कुमारी राजभण्डारी रहेकी छिन् । दुर्व वर्ष कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका सदस्यहरूलाई निर्वाचन आयुत्त शिव नारयण प्रधानले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।
फोटो छ ।