बराहक्षेत्रर । वराहक्षेत्र नगरपालिका ५ कालाबन्जरमा कार्तिक ५ गते मंगलबार राती  श्री ज. डे. ज. माविको सटर भवनमा भाडामा रहेको होटल, पसलहरु व्यवसाय गर्दै आएको भवनका भएकाे आगलागिका पिडितहरुलाई संघ संस्थाले राहत बितरण गरेको छ ।

विनायक कृषि सहकारी सस्थाले अागलागी  भएकाे भधाेली पल्टै  बुधबार बिहान संस्थाकाे सेयर सदस्य रहेका पिडित देब बहादुर कार्कीलाई रु ५१ हजार र गोबिन्द बिष्टलाई १५ हजार राहत प्रदान गरेको संस्थाका लेखा संयोजक रन्जित भगतले जानकारी दिए ।

त्यसैगरी आज शुक्रबार बराहक्षेत्र नगरपालिका ५ कालाबन्जरको खुशी बचत तथा ऋण सहकारी सस्था लिमिटेड र मुन विम एकेडेमी स्कुलले संयुक्त रुपमा सहकारीका अध्यक्ष साथै प्रिन्सिपल देबेन्द्र बहादुर बिष्ट, उपाध्यक्ष अम्बर बहादु बस्नेत, सदस्यहरु कृष्ण बस्नेत, पुष्प बस्नेत, महेन्द्र कार्की, निर्मला बस्नेत, खड्ग कार्की र लेखा समिति सदस्य राजेन्द्र निरौलाले सयुक्त रुपमा पिडित परिवारका भोजपुरे होटलका प्रोपाइटर देब बहादुर कार्की र हिमालय किराना पसलका प्रोपाइटर गोविन्द बिष्टलाई सहकारीले १०/१० हजार र स्कुलले ५/५ हजार प्दान गरेकाे छ ।

 

आगलागीबाट भोजपुरे होटलका प्रोपाइटर देवबहादुर कार्कीको २० लाख बराबरको सामान फर्निचरहरु टेवल कुर्सी ५ थान, खाट ५ थान, सोकेस २ थान, र्याग २ थान,  लगायत हाेटलका लागी अाबस्क भाडा बर्तन कासाथै  डिप फ्रिज, कोकाकोला कम्पनीको फ्रिज  लगायत होटलमा रहेको पेय पदार्थ, कोल्ड ड्रिक्स, आदी सवै जलेर नष्ट भएको महेन्द्रनगर इलका प्रहरी कार्यलयका असई तिलक दाहालले बताए ।

त्यसैगरि हिमालय किराना पसलका प्रोपाइटर गोविन्द बिष्टको पसलमा तेर्ह लाख बराबरको सामानहरु फर्निचरहरु टेवल कुर्सी १ थान, खाट २ थान, सोकेस २ थान, र्याग ३ थान र कोकाकोला कम्पनीको फ्रिज १ थान लगायत पसलको सवै खाद्यान्न वस्तुहरु सवै जलेर नष्ट भएको असई दाहालले बताए ।

साथै छेउमा रहेको श्रेष्ठ होटल, कोल्ड ड्रिक्स, सुबास  बिष्टकाे हाेटल, न्यु गंग्गा टेलर्स अागलागीबाट पूर्ण क्षती भएकाे इलाका प्रहरीले जनाएकाे छ ।