बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय हजारे नहरमा अर्जुनधारा ९ का २४ बर्षीय बसन्त धिमालको बुधबार राती माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
नहरको पानीमा धिमालको मृत्यु भएको देखे पछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शबलाई पोष्टमार्टमपछि अन्त्येष्ठी गरिएको मृतकका बाबु लाल्टु धिमालले जानकारी दिए । घटनाबारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
































