बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ को आठ आरडी स्थित बालचनमा मंगलवार ९ फुट लामो अजिंगर भेटिएको छ ।

करिव ११ इन्च मोटाई भएको उक्त अजिंगर लाई प्रहरीले चतराको बराह सब डिभिजन वन कार्यलय मार्फत धरानको हरियाली सामुदायिक बन लाई बुधवार बुझाएको ईलाका प्रहरी कार्यलय चतराका प्रहरी नायक निरीक्षक घनश्याम रायले बताए ।

स्थानिय सन्तोष राईले राती वाटोमा अजिंगर देखेपछि पक्रेर प्रहरीलाई बुझाएका थिए । अजिंगर लाई , बराह सब डिभिजन वन अधिकृत शिवलाल विक र वन रक्षक विष्णु अधिकारीको टोलीले हरियाली वन लाई बुझाएको वन रक्षक विष्णु अधिकारीले बताए ।