धरान । नजिक आईरहेको नेपालीहरुको महान चाड दिपावलीको अवसरमा धरानको उद्योग वणिज्य संघको भवनमा सोमाबार बिश्व हिन्दु परिषद नेपाल धरानले शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
शुभकामना तथा सम्मान कार्यकमको अवसरमा ५ जना जेष्ठ नागरिक र २ जना समाजिक क्षेत्रमा योगदान पुराउने ब्यक्ति गरी ७ जनालाई सम्मन समेत गरेको थियो ।
सम्मानित हुनेहरुमा धरान १६ का ९६ वर्षीय तिर्थ बहादुर श्रेष्ठ,धरान ५ का ८५ वर्षीय हाजीरयार महोमद,धरान २ का ९१ वर्षीय महावीरप्रसाद अग्रवाल, धरान ८ का ८८ वर्षीय अक्कलबहादुर मेयाङ्गबो, धरान १२ का ८९ वर्षीय श्रीमती डम्बरकुमारी ओझा, यज्ञप्रसाद आर्यय, कुष्णप्रसाद श्रेष्ठ (बी.ए) लगायतलाई शुभकामन आदन प्रदान कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का माानिय सभामुख, प्रदिपकुमार भण्डारीले दोसला ओढाएर सम्मान गरेका थिए ।
हिमा देखि मधेशसम्मका सबै मानिसहरु हिन्दु भएको बिश्व हिन्दु परिषद नेपालका अध्यक्ष देवराज अधिकारीले बताए । उनले हिन्दु धर्म होइन सम्भयता भएको बताएका छन् ।
विश्व हिन्दु परिषदले २०७२ सालमा बिनाशकारी भुकम्पले मुत्यु भएका ब्यक्तिहरुको स्मृर्तिमा धरानको भानुचोका सबै जातिका लागि वृहत पुराण सबै धर्मका जातिहरु मिलेर गरेको गरिएको अध्यक्ष, अधिकारीले स्मरण गराएका थिए ।
कार्यक्रम अध्यक्ष, अधिकारीले धरानको विकाश र पर्यटन प्रवद्र्धनकागि लागि धरान उपमहानगरपालिका वडा नम्बर २० बिष्णुपादुका कार्कीछापमा विश्वको सबैभन्दा अग्लो ९० फुट त्रिशुल निमार्णमा सहयाेगकाेलागि प्रदेश सरकारकाे
ध्यान आर्कषण गराएका थिए ।
धर्मलाई प्रोत्साहन संमक्षण र विकाश गर्ने आफ्नो संस्थाको कर्तब्य रहेको बताउदै चाडपर्वहरु पनि महिला मैत्री बनाउन आवश्य रहेको सभामुख प्रदिपकुमार भण्डारीले बताए ।
सो कार्यक्रमा विभिन्न राजनैतिाक पाटीका प्रतिनिधि, बिभिन्न सघसस्था, महिला समुह, धामिर्क सघ सस्थाका ब्यक्तिहरुको बिशेष सहभागीत रहेको थियो उक्त कार्यक्रको स्वागत मन्तब्य कोपिला गौतम भटराईले गरेका थिए भने कार्यक्रम सञ्चालन इन्दु श्रेष्ठ गरेका थिए ।
































