धरान  / धरान उपमहानगरपालिका –१७ टेम्के मार्गमा स्थानीय लोकेन्द्र राई युवाहरुले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
आइतबार दियसो २२ वर्षीय लोकेन्द्र राईलाई तरकारीकाट्ने छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनको घरमै पुगेर धरान ११ का सन्देश राई, चुडाराज राई, अभिराज राई, श्याम शेपालगायतले छुरा प्रहार गरेका थिए ।

४ जनालाई हिजो साँझ इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको प्रहरी इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए । छुरा प्रहारबाट लोकेन्द्रका भाई सईन्द्र राई पनि सामान्य घाइते भएका छन् । पुरानो रिसइविका कारण राईको घरमै पुगेर उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ । लोकेन्द्र राईको ढाड र टाउमा गम्भीर चोट लागेको छ । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पक्राउ परेका ४ जनालाई आज जिल्ला अदालत इनरुवा म्याद थपका लागि पठाइएको इन्स्पेक्टर ओलीले जानकारी दिए ।