धरान/ आफ्नै श्रीमान्ले खुकुरी प्रहार गरी पत्नीको हत्याको प्रयास गरेका छन् ।

मोरङ सुन्दरहरैंचा नगरपालिका–५ लाटीझोडाका प्रेमबहादुर परियारले श्रीमती भीममायालाई सामान्य विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

विवादका क्रममा खुकुरीले आक्रमण गर्न खोज्दा श्रीमती भीममायाले हातले छेक्ने क्रममा औंला काटिएको छ । महिलालाई स्थानीय मेडिकल हलमा उपचारपछि घर पठाइएको छ । खुकुरी प्रहारमा संलग्न प्रेमबहादुरलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–८ नेपालचोकबाट भारततर्फ अवैध रूपमा रक्सी लाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । उमङ्ग नामक ३० पिस मदिरा नियन्त्रणमा लिएर आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङको सञ्चार शाखाले जनाएको छ ।