मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार ट्याक्टरबाट खसेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका वडा नं.६ भण्डारी चोकका २२ बर्षीय मिलन कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

आइतबार बिहान पौने ९ बजेको समयमा मधुमल्ला – दमक भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरमा सवार रहेका कार्की ट्याक्टरबाट लडेर (खसेर) सोही ट्याक्टरको पछाडीको चक्काले किच्दा शख्त घाइते भएका थिए ।

घाईते कार्कीलाई उपचारको लागि दमकको लाईफलाईन अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय उर्लाबारी पठाएको छ ।