सिरहा । सिरहाका विभिन्न खुल्ला सिमनाबाट ल्याउने तस्करहरुलाई चुनौती दिदैँ एसपी उमा प्रसाद चतुर्बे्दिले कार्यरत सिमना सुरक्षाहरुर्ला कडा निर्देशन समेत दिएका छन् ।
सिरहा नगरपालिका वाड नं. ४ रमौल स्थित वडा प्रहरी कार्यालय (ख) बाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको पानपराग ७५० पिस, राजनिवास ५० प्याकेट र माहाकाल गुट्खा १२ प्याकेट गरी अन्दाजी १६ हजार मुल्य बराबरको सामान बरामद गरिएको छ।
त्यस्तै, सिरहा नगरपालिका वाड नं. १६ खिरौना पेट्रोल पम्प स्थित प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको किराना सामान र लेडिज ब्याग गरी जम्मा अन्दाजी १५ हजार ६ सय ५० रुपैया मुल्य बराबरको सामान बरामद गरिएको छ
त्यस्तै, सिरहा नगरपालिका वाड नं. १७ स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै किराना सामान अन्दाजी ११ हजार मुल्य बराबरको सामान बरामद गरिएको छ
त्यस्तै, सिरहा नगरपालिका वाड नं. १७ स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको मेडिसिन औषधि अन्दाजी ५ हजार र पटाका अन्दाजी १ हजार गरी जम्मा अन्दाजी ६ हजार मुल्य बराबरको सामान बरामद गरिएको छ
त्यस्तै, सिरहा नगरपालिका वाड नं. १९ स्थित प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले स.८ प. ४०७२ र द्यच्ण्ठए छण्घड नम्बरको मोटरसाईकल लाई चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको पटाका र माछा मार्ने जाल अन्दाजी ७५ हजार र मोटरसाईकलको ९० हजार गरी जम्मा १ लाख ६५ हजार मुल्य बराबरको सामान र मोटरसाईकल नियन्त्रणमा लिई भन्सार कार्यालय माडरमा बुझाएको छ ।
यस्तै, भगवानपुर गाउँपालिका वाड नं. ३ मरिक टोल स्थित प्रहरी चौकी ठाडिबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको लत्ताकपडा अन्दाजी १५ हजार मुल्य बराबरको बरामद गरिएको छ त्यस्तै बरियारपट्टि गाउँपालिका वाड नं. १ कचनारी स्थित प्रहरी चौकी कचनारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको हार्डवेयरको सामान अन्दाजी ११ हजार मुल्य बराबरको सामान बरामद गरिएको छ।
त्यस्तै, बरियारपट्टी गाउँपालिका वाड नं. ५ गोबिन्दपुर स्थित प्रहरी चौकी जानकीनगरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको बिजुलिको तार १३० मिटर र झिलमिले बति ४० पिस गरी अन्दाजी १० हजार मुल्य बराबरको सामान बरामद गरिएको छ।
त्यस्तै, भगवानपुर गाउँपालिका वाड नं. ३ मणिक टोल स्थित प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको हरियो मटर ७५ के.जी. अन्दाजी ४ हजार ८ सय ७५ रुपैया मुल्य बराबरको सामान बरामद गरिएको छ ।
त्यस्तै ,लहान नगरपालिका वाड नं. १९ स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले BR07P 5038 नम्बर को मोटरसाईकल लाई चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको २ बोरा सुर्ती अन्दाजी ३ हजार मुल्य बराबरको सामान र देश भारत मधुबन्नी जिल्ला ललनिया थाना बस्ने बर्ष २० को मो. याउल मिँया समेतलाई पक्राउ गरी भन्सार कार्यालय ठाडीमा बुझाएको जिल्ला प्रहरी कार्यालयका एसपी चतुर्बे्दिले बताएका छन् ।
































