ताप्लेजुङ/ मैवाखोला गाउँपालिका वडा नं. ३ साँघुस्थित भस्मे खोल्साको काठको पुलबाट खसेर एकजनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका वडा नं. ४ सौरेनीका २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको स्थानीय सुनिता शेर्पाले जानकारी दिइन् । बुधबार साँझ कामबाट घर फर्कने क्रममा लडेका सुरेन्द्रलाई बिहीबार बिहान स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली गई कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।