धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका-३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।
मङ्गलबार राती ८ बजे गढिगाउँ स्थित भित्री सडक खण्डमा तमर नदीबाट बालुवा बोकी मुढेबाट तर्फ आउँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका तामाङको धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा राखिएको छ ।