नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त क्षेत्रः ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय

alt
  • आश्विन १५, २०७६
  • ब्लाष्ट खबर

काठमाडौं  /  नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । खुल्ला दिसामुक्त घोषणासँगै सरकारलाई चुनौती पनि थपिएको छ ।
सरकारले सार्वजनिक शौचालय निर्माणमा तीव्रता दिने भएको छ । खुला दिसामुक्त राष्ट्र घोषणासँगै पूर्ण सरसफाइ अग्रसर बन्नका लागि सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने योजना बनाइने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

सरसफाइको आधारभूत सूचक हासिल गरिएकाले अबको लक्ष्य पूर्ण सरसफाइ हासिल गर्ने रहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् । अहिले सबै घरधुरीमा शौचालय निर्माण भइसकेकाले त्यसका लागि आवश्यक थप कुराहरुमा अबको चरणमा ध्यान दिने सरकारको योजना छ ।

दिगो विकास लक्ष्य (एसडिजी) लक्ष्य हासिल गर्न पनि नेपालले सन् २०३० सम्ममा पूर्ण सरसफाइ कार्यान्वयन गर्न आवश्यक छ । देशका विभिन्न स्थानमा शौचालय प्रयोगका विषयमा आशङ्का व्यक्त भइरहेकाले मन्त्रालयले यसको प्रयोगका बारेमा जनचेतना फैलाउने योजना बनाएको छ । भइरहेका शौचालयको गुणस्तर सुधारका काम पनि आगामी दिनमा गरिने प्रवक्ता शाक्यले बताए । उनले भने, ‘पानीको प्रयोग, शौचालयको सुधार लगायतका विषयमा ध्यान दिइनेछ ।’

सरकारले पाँच वर्षपहिले खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियान शुरु गरेको थियो । सरकारको लगानी नभई नै स्थानीयवासी स्वतःस्फूर्त रूपमा शौचालय निर्माणमा जुटेको प्रवक्ता शाक्यले बताए । कतिपय स्थानमा शौचालयका बारेमा चेतना नहुँदा समस्या भए पनि त्यसका बारेमा जानकार भएर उनीहरु आफैँ निर्माणमा जुटेका थिए । खुला दिसामुक्त राष्ट्र घोषणा गर्न तराईका केही जिल्लामा कठिनाइ भएको तर स्थानीयवासीमा चेतना भएकाले स्वतःस्र्फूत रूपमा लागेको उनले बताए । उनले भने, ‘केही गैरसरकारी संस्थाले जनचेतनाका लागि खर्च गरे पनि त्यसबाहेकको लगानी शौचालय निर्माण त्यसमा भएको पाइँदैन ।’

पूर्वराष्ट्रपति रामवरण यादवले खुला दिसामुक्त राष्ट्र निर्माणको अभियानको थालनी गरेका थिए । स्थानीय तह, जिल्ला हुँदै सातै वटा प्रदेश खुला दिसामुक्त घोषणा भएपछि सोमबार देश खुला दिसामुक्त राष्ट्र घोषणा भएको थियो । सरकारले २०६८ सालबाट खुला दिसामुक्त क्षेत्र घोषणा गर्न शुरु गरेको हो ।

विसं २०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो भने भोजपुर अन्तिम जिल्ला बनेको थियो । अहिले देशका झण्डै सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ । देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

आचार्यद्वारा निर्वाच ...

धरान  / नेपका स्थायी कमिटी सदस्य तथा प्रदेश १ ...

सुन तस्करीका अभियुक् ...

विराटनगर /  यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन त ...

गाँजा खेती गरेको आरो ...

धरान । गाँजा खेती गरेको आरोपमा धरान–१३ बाट एक युव ...

धरानबाट ब्राउन सुगरस ...

धरान । धरान प्रहरीले ब्राउन सुगरसहित तीन युवालाई नियन्त ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved