सुनसरी / इटहरीको माया घर नेपालमा आश्रितहरुलाई ब्लाष्ट टाइम्स दैनिकका सञ्चालक सदस्य प्रविनकुमार कार्कीले भोजन गराएका छन् ।
इटहरी २ आयुर्वेदिक टोलमा सञ्चालित माया घर नेपालमा आश्रितहरुलाई आइतबार आफैं उपस्थित भएर विहानको भोजन गराएका हुन् । मानसिक रोगी तथा हिंसा पीडितहरुको उद्धार गरी माया घर नेपालले संरक्षण गर्दै आएकोमा खुशी समेत व्यक्त गरे । हाल माया घर नेपालमा ३१ जना आश्रित रहेको संस्थाकी सचिव शुभद्रा प्याकुरेल सुवेदीले बताइन् । आफु पहिलो पटक माया घरमा उपस्थित भएको जनाउँदै कार्कीले भोलीका दिनमा पनि सहयोग गर्ने बताए । आश्रितहरुलाई वासस्थानको लागि सहयोग गर्ने र अन्य साथी भाईलाई पनि जानकारी गराउने कार्कीले बताए ।