इनरुवा । जिल्ला प्रहरी कार्यालयले सुनसरीमा आकस्मिक चेकजाँचको क्रमलाई बढाएको छ ।
दशैं नजिकिएसँगै प्रहरीले सरप्राइज चेकिङ बढाएको हो । सुनसरी प्रहरीका अनुसार भारतसँग जोडिएको खुला सीमाक्षेत्रमा निगरानीका लागि भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको छ । सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार जिल्लाको हकमा चाडबाड लक्षित सुरक्षा योजना ठोसरूपमा कार्यान्वयनमा ल्याइनेछ । सवारी र मापसे जाँचका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी सहायता कक्षसमेतको व्यवस्था मिलाइएको सुनसरी प्रहरीले जनाएको छ ।