ताप्लेजुङ/ गत असार ४ गतेवाट अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइ उडान सुरु भएको छ ।

तिन महिना अघि अन्तिम पटक उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले विहिवार देखि उडान थालेको हो । मौषमका कारण यो बिचको अवधिमा उडान हुनसकेको थिएन । विहिवार काठमाण्डौंवाट तीन वालवालिका सहित नौ जना यात्रु लिएर गएको जहाज ताप्लेजुङवाट भने रित्तै फर्किएको छ । हिजो गर्ने भनिएको उडान मौषमका कारण नभएपछि यात्रुहरु नभएका हुन ।

काठमाण्डौंवाट भने दसैं सम्मकालागि यात्रुहरुले अग्रीम टिकट लिएका छन । मौषम र जहाजमा समस्या नभए साताको तीन दिन शनिवार, सोमबार र बुधवार नियमित उडान गर्ने निगमका ताप्लेजुङ इञ्चार्ज राजु कार्कि बताउँछन ।

ताप्लेजुङ सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइको गृह जिल्लापनि हो । भट्टराइका स्वकिय सचिव प्रेम गुरगाइले निगमका बिग्रीएका जहाज बनिएपछि सातामा पाँच उडान गर्ने वताए । यो उडानवाटपनि अपुग भए निजी कम्पनिसँगको पहल गर्ने उनले जानकारी दिए ।