भोजपुर/ जिल्लाको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा प्रेसर कुकुर बम विष्फोट भएको छ ।

बम शुक्रबार विहान ३ बजे तिर कार्यालय अगाडी पार्किङ गरेर राखिएको गाडी नजिकै बिष्फोट भएको हो । नगरपालिकाकी उपमेयर मेरिका राईले प्रयोग गर्दै आएको बा १ झ ५८१३ नम्बरको गाडीको चक्का नजिकै बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।

विष्फोटबाट गाडीमा क्षति नभए पनि गाडीलाई छोपेर राखिएको पाल जलेको छ । घटना स्थलमा कुकरका टुक्राहरु समेत भेटिएको नगरपालिकाका मेयर बिरबल राईले बताए । उनले भने “घटना स्थलमा कुकरका टुक्राहरु भेटिएका छन , ५ मिटरको दुरीमा कुकर दुई टुक्रा भएको फेला परेको छ ,गाडीमा भने क्षति भएको छैन ।”

यस्तै नगरपालिकाकै ग्यारेजमा अर्को शंकास्पद बस्तु फेला परेको छ । उतm बस्तु सकेट बम जस्तो देखिएको प्रहरी निरिक्षक पाण्डव कुमार राजबंशीले बताए । बम राखिएको स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको छ । पर्चामा ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको छ ।

शंकास्पद बस्तु निष्क्रिय गर्न संखुवासभाको खाँदबारीबाट नेपाली सेनाको टोली आउने तयारी भैेरहेको मेयर राईले बताए । जिल्लामा बम भेटिए पछि अहिले जिल्ला सुरक्षा समिति भोजपुरको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

71144122_503752063526227_2767612702896422912_n