पाँचथरको फाल्गुनन्द गाउँपालिकामा भीरबाट लडेर एक बृद्धाको ज्यान गएको छ । सोही गाउँपालिका–१, नवमीडाँडास्थित केराबारीको भीरबाट लड्दा सोही स्थान बस्ने बर्ष ७७ का भीमबहादुर नेम्बाङको मृत्यु भएको हो । नेम्बाङ माथिल्लो गाउँ जान्छु भनेर मंगलबारै घरबाट निस्केका थिए । तर भोलिपल्ट पनि घर नआए पछि परिवारले खोजी गर्ने क्रममा उनलाई भीरबाट लडेको अवस्थामा मृत भेटिएको नवमीडाँडा प्रहरी चौकीले जनाएको छ ।