सुनसरी/ इटहरी उप-महानगरपालिका-१३ खनार सोमबारेस्थित धरान–बिराटनगर सडक खण्डमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
आज बिहान धरानबाट बिराटनगर तर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोही स्थानमा रहेको जुटमिलमा हेल्पर काम गर्दै आएका मोरङको रतुवामाई नगरपालिका- ७ बस्ने बर्ष ३४ को मंगल सिहं दमाईलाई सोही दिशा तर्फ साईकलमा जादै गर्दा ठक्कर दिएर गम्भिर घाईते बनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
घाईते उनलाई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
































