उर्लाबारी । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना देखि आवरुद्ध उर्लाबारी नगरपालीका सुचारु गर्न दिएको निर्देशन समेत कार्यन्वयन हुन सकेन् । नेकपा र नेपाली कांग्रेस बिचको प्रतिष्ठाका कारण अवरुद्ध नखुलेको हो ।
मन्त्रालयले भाद्र २६ गते उर्लाबारी नगरपालीका लाई पत्र पठाउदैँ उच्च अदालत बिराटनगरको अन्तिम फैसला नहुदा“ सम्म आर्थीक बर्ष २०७५/०७६ को निर्णय बमोजिम नागरिकलाई सेवा सुचारु गर्न र अदालतबाट फैसला आए पछि सोही अनुरुप गर्ने गराउने भनी पत्र पठाएको थियो ।
विहीबार साझँ पत्र प्राप्त भएपछि शुक्रबार २ बजे बोलाईएको कार्यपालीकाको बैठकमा सहमती सुचारु नभए पछि सेवा सुचारु गर्न नसकीएको नगर प्रमुख खड्ग फागोले बताएका छन । नगर प्रमुख फागोले सेवा सुचारु गर्नका लागि मन्त्रालयबाट आएको पत्रलाई आधारमानी कार्यापालीकाको बैठकबाट निर्णय गरी अघि जाने गरेको प्रस्तावलाई उप–प्रमुख लक्ष्मीदेवी भण्डारीले अस्विीकार गर्दै मन्त्रालयको पत्रका आधारमा सेवा सुचारु हुनु पर्ने अडान राखेपछि सहमती नभएको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताएका छन ।
उप–प्रमुख भण्डारीले नगर प्रमुख फागोले श्रावण २८ गते उच्च अदालतले २०७६ असार २९ गतेको चौथो नगर सभाको निर्णयमा रोक लगाएको पत्र सवै वडा कार्यालयहरुमा पठाउदाँ कार्यापालीकाको बैठक नभएकाले यस पटक पनि सोही अनुरुप गर्दा हुने अडान राखे पछि सेवा सुचारु गर्न समस्या आएको स्रोतले जनाएको छ ।
उता नगर प्रमुख फागोले भने सेवा अवरुद्धका बिषयमा अदालतमा मुद्धा बिचाराधिन भएकोले कार्यापालीका बैठकले निर्णय गर्दा उपयुक्त हुने भएकोले सहमतीका लागि गरेको प्रयासलाई राजनिती तवरबाट विफल पारीएको बताउदै“ अव आईतबार हुने अदालतको पेशीबाट मात्र निर्णय हुन सक्ने बताएका छन ।
उपप्रमुख भण्डारी सहितका नेकपाबाट निर्वाचित १३ जना कार्यपालीका सदस्यले नगर प्रमुख फागो सहित कांग्रेसबाट निर्वाचीत ६ जना कार्यपालीका सदस्यहरुले एकल किसीमबाट निर्णय गरेको भन्दै श्रावण २० गते उच्च अदालतमा खारेजीको निवेदन गरे पछि अदालतले श्रावण २७ गते नगरपालीका, तत्कालीन निमित्व प्रमुख प्रशासकिय अधिकृत सहित ६ जना विरुद्ध लिखित जवाफ पेश गर्न आदेश जारी गर्दै अर्को आदेश नभए सम्म चौथो नगरसभाको निर्णयका रोक लगाएको थियो ।
नगर प्रवक्ता पराजुलीले नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार अनुसार कार्यपालीकाका १९ जनाले नै हस्ताक्षर गरी निर्माण गरीएको बैठक संचालन कार्यविधी अनुसार बैठक वितग २ बर्ष देखिनै संचालन हुदा“ वैद्य भएको तर यस पटक आफैलै दस्तखत गरी बनाएको कार्यविधी अनुसार बैठक संचालन गर्दा अवैद्य भएकोमा आपती जनाएका छन ।
उक्त कार्यविधीमा पहिलो पटक बोलाएको बैठक नभएमा दोस्रो पटक बोलाएको बैठकमा कार्यापालीका सदस्यको एक चौथाई सदस्य भएमा बैठक हुन सक्ने उल्लेख गरीएको छ । नगर कार्यापालीका १९ जनाको रहको छ ।
अवरुद्ध सेवा सुचारुका लागि नेकपा र नेपाली कांग्रेसले आफनो दम्भ भन्दा पनि नागरिकलाई मध्य भागमा राखेर कार्य गर्न सरोकारवालाले दिएको सुझावलाई एक महिना सम्म वेवास्ता गरेको आरोप सेवाप्रभावितहरुले लगाउदै“ आएका छन ।
शनिबार उर्लाबारी उद्योग वाणिज्य संघको ३१औँ साधारण सभामा नगर प्रमुख फागो र उपप्रमुख भण्डारी एउटै स्टे्जमा ।
































