मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिका वाडा नं. ३ का बिपन्न बर्गका १५ बर्षिय रामबहादुर खकुरेल अहिले १५ बर्ष भए तर उनले आँखा देख्न छोडेको भने दश बर्ष बढी भयो । सबै साथीहरु संग मिलेर हाँसखेल गर्दै एक आपसमा रमाउँदै पढन जाने उमेरमा रामबहादुर खकुरेल भने आँख देख्न नसकेर पठन पाठन बाट बञ्चीत भए ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा रहेका बाल कल्याण आधरभुत विद्यालयमा कक्षा २ सम्म पढेकोे रेकर्ड भेटीएको वडाध्यक्ष खगेन्द्र मादनेले बताए । उनिहरुको परिवारको अवस्था निक्कै नाजुक भएको र उनीहरु संग हाल बिराटनगर उपचाारका लागि आउन जान गाडी भाड समेत नभएको र आफैले आफ्नो निजी खर्चमा सम्पुर्ण व्यवस्थापन गर्दै आएको मादेनले बताए ।

आँखाको ज्योती गुमेकै कारण रामबहादुर हाल बेलबारीमा रहेको कबिर मा.वि. मा कक्षा ७ मा ब्रेललिपी अध्ययन गर्दैछन । राम बहादुरको सामाजीक सुरक्षा भत्तालिन उनका बुबा पदम खकुरेल आउने गरेका थिए । एक लिन वडाध्यक्ष मादेनले एक पटक छोरालाई वडा कार्यालय लिएर आउन भनेको र सोही अनुसार पदमबहादुरले वडा कार्यालय लिएर आएपछी राबहादुरको अवस्था देखी आफु भाव विवहल भएर व्यात्तीगत खर्चमै भएपनी रामबहादुरको उपाचार हुने नहुने भनने बिषयमा बुझ्न आफु लागि परेको खगेन्द्र मादेनले बताए ।

सुरुमा नोबेल अस्पताल लगिएको तर त्यहाँ उपचार सम्भव नभएपछी विराटनगर आँखा अस्पताल लगेर नियमित चेकजाँच र औषधी उपचारमा मादेन लागिरहेका छन । सोमबार सम्ममा सात पटक जती भयो रामबहादुरको उपचारमा बिराटनगर आवत जावत गरेको मादेनले भने ।

डाक्टरको सल्लाह अनुसार यो निक्कै जडिल अवस्थाको केश भएको र एकै पटक आँखको ज्योती नफर्कने, यसको लागि समय लाग्ने तर आँखको ज्योती फर्कन सक्ने सुझाब आएपछ आफु थप खुसिभएर उपचारमा लागिपरेको मादेन बताउँछन । हाल सम्म करीब ६० हजार बढी खर्च भएको र अझै केही रकम थप उपचारको लागि खर्च हुने बताइएको छ ।

सोमबार आखाको सफल अप्रेशन पछी भाद्र २४ गते मंगलबरा रामबहादुरको डिस्चार्ज भएर घर आउँने बताईको छ । आफ्नो वडाको बिपन्न बर्गको परिवारलाई सहयोग गरेर आखाँको ज्योती फर्काउन पाउँदा आफुलाई निक्कै खुसी लागेको मादेनले बताए ।

सोमबार रामबहादुरको स्वास्थ्य अवस्था र उपचारका बारेमा बुझ्न मिक्लाजुङ वडा नम्बर ५ का वडाध्यक्ष रुद्रप्रसाद लिङ्देन, वडा नम्बर ३ का वडा सदस्य पुर्ण लिङ्देन, महिला सदस्य तुला मिभक र समाजसेवी बबि राई बिराटनगर पुगेका थिए ।