धरान  / अमेरिकास्थित मिजौरीको इन्टस्टेशट ४४ मा सडक दुर्घटनामा एउटै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे त्यहाँस्थित जोप्लिन पुलिस डिर्पामेण्टले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी श्रद्धासहित कारमा सवार उनका बाबु र आमाको दुर्घटनास्थलमै मृत्यु भएको र प्रबास र उनका छोरा घाइते भएका छन् । घाइतेको उद्धार गरि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटना मंगलवार दिउसो भएको थियो ।
श्रद्धा डिभी मार्फत अमेरिका छिरेकी थिइन । अमेरिकामै प्रभावसँग विवहा गरेकी थिइन । उनका वावा आमा श्रद्धालाई भेट्न अमेरिका गएका थिए ।