पथरी / पथरीशनिश्चरे –१०, स्थीत जिरिखीम्तीमा जंगली हात्तीको समूहले गाउँमा छिरी आधा दर्जन घरहरुमा क्षति पु¥याएको छ ।
दक्षिणतिरको वस्तीमा आएको एउटा जंगली हात्तीले जिरिखिम्तीका योगमाया घिमीरेको घरको भित्ता, षडानन्द खतिवडाको घर दिवाल भत्काएर धेरै क्षति गरेको छ । त्यस्तै पुष्प दर्जी, इन्द्रवहादुर कार्की,चन्द्रमाया दियाली र नर वहादुर कटुवाल लगायतको घरमा सामान्य क्षती पु¥याएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि अधिकारीले बताए । गत राती ५ वटा समूहमा आएको हातीले क्षति बनाएको थियो ।
स्थानीयवासीका अनुसार रातीको समयमा आएका हात्तीले घरमा रहेको मकै,घान खाएको थियो । हात्तीले त्रास फैलाएर पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । हात्ती नजिकैको जंगलतर्फ लागेको छ । क्षति भएको स्थानमा नगरपालिकाका मेयर दिलिपकुमार राई र उपमेयर यामुना विष्ट बास्तोलाले छुट्छुटै अनुगमन गरेका थिए ।
































