सुनसरी  / इटहरीस्थित विश्व आदर्श एकेडेमीले हरितालिका तीजका अवसरमा तीजबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार कलेजका छात्राहरुलाई सहभागी गराई दुर्गा पार्टी प्यालेजमा तीज बारे अन्तरक्रीया कार्यक्रम गरेको हो ।

प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा तीजको महिमा र थालनीको बारेमा जानकारी दिदै सोही अनुसार पर्व मनाउनु पर्नेमा सहभागी वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा प्रमुख वक्ता डा. रमेश घिमिरेले परापुर्व कालदेखि हरितालिका तिज मनाउन थालिएको भन्दै तीज महिलाहरुको शशक्तीकरणको थालनी भएको दिनका रुपमा लिइने बताए । हिमालयकी पुत्रीलाई विष्णु भगवान्सँग विवाह गर्ने तयारी हुँदा शिव भक्त पार्वतीलाई उनका साथीहरुले अपहरण गरेर लुकाएको कथा जोड्दै उनले उसै बेलादेखि महिलाहरुले साहस गरेको प्रसंग जोडे । अहिले यस्तो महत्वपूर्ण चाडलाई नाचगान र खानपीनमा मात्र सिमित राख्न नहुने भन्दै महिला शशक्तीकरणको पर्वका रुपमा यस पर्वलाई मनाउनु पर्ने डा. घिमिरेको भनाई थियो ।

सोही अवसरमा इटहरीका लोक गायिका गंगा गौतम र अञ्जु गौतमलाई कलेजले सम्मान समेत गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् अतिथि तथा एकेडेमीका पदाधिकारीले उनीहरुलाई सम्मान पत्र सहित सम्मान गरेका थियो । कार्यक्रमकी प्रमुख अतिथि उप सभामुख पोख्रेलले तीज पर्वलाई नाचगानमा मात्र सिमित नराखी महिला जागरण र शसक्तीकरणको रुपमा मनाउनु पर्नेमा जोड दिइन् । व्रिश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य गणेश दुलालले कार्यक्रममाथि प्रकाश पारेका थिए । एकेडेमी सञ्चालक समितिका सदस्य एवम् नेपालव रेडक्रस सोसाइटी इटहरी उपशाखा अध्यक्ष विमल पौडेल सहित विश्व आदर्श कलेज तथा विद्यालयका भाइस प्रिन्सिपल तथा विभिन्न संस्थाका प्रतिनिधीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सोही अवसरमा विद्यार्थीहरुले तीजमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन लिएका थिए ।