इटहरी I  पार्किङ अभावसँगै इटहरीको मुख्य हाईवे अतिक्रमण बढ्दो छ । इटहरीको मुख्य चौकमा सर्वसाधरण हिड्ने सडक पेटी समेत अतिक्रमण हुदा यात्रुहरुलाई बाटो थिचोल्न हम्मे हम्मे पर्छ । सडक हाईवेको अतिक्रमणले आक्रान्त इटहरीमा बेला बेला अभियान चले पनि कार्यन्वयन भने फितलो देखिएको छ ।
इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन यो बर्ष मात्र इटहरीका मेयर द्वारिकलाल चौधरीले तीन पटक डोजर र नगरप्रहरी लिएर सडक शुसासन कायम गर्ने भन्दै निश्किए पनि ब्यापारी र सर्वसाधरणहरुले भने सडक अतिक्रमण मिच्न छोडेका छैनन् ।
उद्योग बाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखरेलले अगाडीबाटै सुचना गरेर बाटो किल्यर गराउँनु राम्रो कुरा हो । ‘स्थायी संरचनाहरुको लागि निश्चित समय तोकेर समय अवधी तोके राम्रो हुन्थ्यो ।’–पोखरेलले भने । व्यवसायीहरुले सडकको विषयमा गम्भिर बन्न आग्रह गरे ।
बारम्बार सडकमा ब्यपारीहरुले सामान राख्ने,पार्किङ गर्ने ठाउँ बनाउँदा दैनिक जसो सर्वसाधरणहरु समस्यामा पर्ने गरेको सर्वसाधरण बताउँछन । सडक अतिक्रमण भत्काउँने ठाउँमा भेटिएका इटहरी १७ का सन्देश चौधरीले सडक अतिक्रमण रोक्ने अभियान राम्रो भएको बताए । अहिले फुटपातमा हिड्न समेत समस्या भएको भन्दै सडक अतिक्रमण गर्ने र नटेर्नेलाई कार्वार्ही गर्न माग समेत गरे ।
इटहरीका पूर्व इन्स्पेक्टर चित्र कार्कीले मेयर चौधरीले अहिले चालेको अभियाने धेरै राम्रो भए पनि यसले निरन्तरता पाउनु पर्ने बताउछन् ।
सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखीचौकदेखि सडकको दायाँ वाँया साढे ८३ फिट सफा गर्न सुरु गरिएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए । केहि समय अगाडीदेखि जानकारी गराएर सुरु गरेको अभियान निरन्तर हुने चौधरीको भनाई थियो । सात दिनसम्म आफै हटाउन अनुरोध गर्दा पनि नहटाए पछि हटाउँन सुरु गरेको मेयर चौधरीले बताए ।
अघिल्लो बर्ष भदौमा वुढिखोलादेखि पचरुखीसम्म सफाई गरिएको थियो । यसबर्ष सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्ष सँग छलफल गरेको थियो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो ।