धरान  । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै धरानको इडेन एकेडेमी कन्सल्टेन्सी प्रालिले शैक्षिक मेला लगाउने भएको छ । एकेडेमीले भदौ ८ गते धरानस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा शैक्षिक मेला लगाउने तयारी गरेको हो । धरानमा ११ वर्षदेखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूका लागि इडनले भूमिका खेल्दै आइरहेको छ ।

विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको एकेडेमीका अध्यक्ष मोहन तिगेलाले शुक्रबारको पत्रकार सम्मेलनमा बताए । त्यस्तै भदौ ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा शैक्षिक मेला लगाउने उनले बताए । शैक्षिक मेलासँगै शैक्षिक कार्यशालसमेत हुने उनले बताए ।

मेलामा ५ देशका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । उनीहरूले विद्यार्थीहरूलाई आ–आफ्नो विश्वविद्यालयका ेबारमे ा जानकारी गराउँदै त्यहाँ जानका लागि चाहिने आवश्यक कागजातको बारेमा पनि जानकारी दिने उनले बताए । उनका अनुसार अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, अमेरिका र भारतका विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

मेलाको हाल तयारी पनि पूरा भएको जनाइएको छ । इडेनले हरेक वर्ष धरानमा शैक्षिक मेला लगाउँदै आएको छ । हालसम्म सयौं विद्यार्थीहरूलाई परामर्श दिइसकेको छ भने केही विद्यार्थीहरू अष्ट्रेलिया, न्यूिजल्याण्डलगायतका कलजे तथा विश्वविद्यालयमा अध्ययरतसमेत रहेको उनले बताए । मेलाको तयारी पूरा भएको बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरूलाई सम्मानितसमेत गरेको छ ।