सिरहा ।   प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले प्रदेश २ को नाम मधेश प्रदेश रहने बताएका छन् ।

उनले प्रदेश २ को नाम मधेस प्रदेश राखेमा अन्य क्षेत्र तथा भू–भागको पनि भावना समेटिने बताए । अहिले प्रदेश २ को नाम मिथिला, जनकपुर, जानकीलगायत नाम राख्ने विषयमा छलफल चलिरहेको छ । उनले नेकपा र नेपाली काङ्ग्रेसले सात प्रदेशमध्ये कहीँ कतै पनि भाषाको आधारमा प्रदेशहरूको नामाकरणबारे नबोलेको बताएका छन् । उनले प्रदेश नं. २ लाई भौगोलिक र राजनीतिक वैमनश्यताको कारण आठ जिल्लामा मात्र सीमित गरिएको भए तापनि यसले पूर्वको झापा, मोरङ र सुनसरीको पनि भावना समेटेर अगाडि बढ्ने बताए ।