Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

alt
  • भदौ ४, २०७६
  • एएफपी
 
लस एन्जलस /  हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् । वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्चिरहेका छिन् जसले सम्भवतः उनको वयस्क जीवनका अधिकांश हिस्सामा आर्थिक भार थोपर्ने छ ।
“मलाई के लाग्छ भने विद्यार्थी ऋण भनेको वास्तवमै आजीवन सजाय हो”, क्यालिफोर्नियाकी यी १९ वर्षीया किशोरीले भनिन् । अमेरिकी कलेजका चार करोड ५० लाख स्नातक अध्ययनरत विद्यार्थीहरूको १० खर्ब ६० अर्ब डलरको यो ऋणको बोझले हालैका वर्षहरूमा विस्फोटको रूप लिएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बर्नी स्यान्डर्सले विद्यार्थीहरूको सम्पूर्ण ऋण मेटाउने महत्वाकाँक्षी योजना उजागर गरेसँगै सन् २०२० को राष्ट्रपति चुनावी अभियानमा यो मुख्य मुद्दाको रूपमा आएको छ ।
“यस वर्ष एउटा सार्वजनिक विश्वविद्यालयबाट स्नातक हुने कुनै पनि व्यक्तिको औसत विद्यार्थी ऋण ३५ हजार डलर भन्दा अधिक हुने अपेक्षा गरिएको छ”, क्यालिफोर्नियाको गैरनाफामूलक संस्था ‘स्टुडेन्ट डेब्ट क्राइसिस’ का कार्यक्रम निर्देशक कोडी हुनानियनले भनिन । विद्यार्थीलाई सहयोग गर्ने यो संस्थाले विद्यार्थी ऋण सुधारका लागि डट्दै आएको छ । आधिकारिक तथ्याङ्कअनुसार ७१ प्रतिशत अमेरिकी विद्यार्थीहरू यस्तो ऋणको बोझले थिचिएका छन् । अल्पसङ्ख्यकहरू यसबाट सबैभन्दा बढी मारमा पारेका छन् । “विशेषरूपमा प्रति स्नातक उच्चतम विद्यार्थी ऋणसँगै अश्वेत महिलाहरू सबैभन्दा धेरै प्रभावित समूह हो”, हुनानियनले भनिन ।
केहीका लागि छात्रवृत्ति र वित्तीय सहयोग उपलब्ध भएपनि उच्च शिक्षाको लागत यस्तो छ कि अधिकांश विद्यार्थी आफ्नो ऋण समयमै चुक्ता गर्न असमर्थ छन् । “जब विद्यार्थीले स्कूल छाड्छन्, तिनीहरूलाई ऋण चुक्ता गर्न १० वर्षको समयावधि तोकिएको हुन्छ, तर ठूलो संख्याका विद्यार्थीले २० वा २५ वर्षको समयावधिका लागि अनुरोध गरेको सङ्घीय कार्यक्रमले देखाएको छ”, हुनानियनले भनिन ।
उनका अनुसार लामो अवधि हुनासाथ ब्याजका कारण ऋणको मात्रा ह्वात्तै बढेर जान्छ । हुनानियनले उदाहरणको रूपमा आफ्नै अनुभव सुनाइन । “मसँग ३० हजार डलर विद्यार्थी ऋण थियो, म महिनामा १५० डलरभन्दा बढी तिर्छु र यो सस्तो पुनर्भुक्तानी कार्यक्रमहरू मध्येको एक हो”, उनले भनिन , “मैले त्यसरी ऋण तिर्दा मेरो ऋण वास्तवमा बढिरहेको छ, मैले ब्याज पनि तिर्न सकिरहेको छैन, मैले अझ ऋण घटाउन हरेक महिना तिर्दै आइरहेको छु ।” थुप्रै विशेषज्ञहरूका अनुसार विद्यार्थी ऋणको बोझले दबिएको एउटा परिवारमा दुई पुस्ता हुनु असामान्य होइन । लस एन्जलस नजिकैको पासाडेना सिटी कलेजबाट भर्खरै राजनीति शास्त्रमा दुई वर्षे डिग्री हासिल गरेकी वाल्टर्सको यही अवस्था छ ।
यद्यपि उनी ऋण भुक्तानीको प्रस्ट योजना नबनाई त्यो स्कूलबाट एक परोपकारी व्यक्तिले ऋण मिनाहा गरिदिएकाले ठूलो ऋणबाट छुटकारा पाउन सफल भइन् । अब शरद ऋतुमा कानून विषयमा डिग्री हासिल गर्ने आफ्नो अन्तिम लक्ष्यका साथ उनी प्रतिष्ठित र अत्यधिक महँगो क्यालिफिोर्निया विश्वविद्यालय बर्कलेमा प्रवेश गर्नेछिन् । छात्रवृत्तिबाट सम्मानित भए पनि वाल्टर्सले वार्षिक शुल्कमा करिब २० हजार डलर भुक्तान गर्नका लागि अहिले पनि ऋण लिनुपर्ने बताइन् ।
“ब्याजदर र साँवा भुक्तानीसँगै यो मूलरूपमा ऋणपछि ऋण, ऋणपछि ऋणको रूपमा बदलिरहन्छ”, उनले भनिन् । आफ्नी ५८ वर्षीया आमाकै कारण उहाँ विद्यार्थी ऋणको शिकार भएकी हुन ।  “म आफ्नी आमासँग कसरी विद्यार्थी ऋणले मूलरूपमा हाम्रो आर्थिक अवस्थालाई नाजुक बनाइरहेको थियो भन्नेबारे कुरा गर्नेछु”, उनले भनिन्, “तपाइँलाई थाहा छ, हामी छुट्टीमा कहीँ जान सक्तैनौँ, कुनैकुनै बेला मलाई नयाँ स्कूल सत्रका लागि स्कूलबाट केही प्राप्त हुँदैनथ्यो, कहिलेकाहीँ हामीले जन्मदिनको उपहारहरू थोरै पाउँथ्यौँ ।” सन् २०२० मा ह्वाइट हाउस प्रतिस्पर्धामा विद्यार्थी ऋण प्रमुख मुद्दा बन्नेछ भन्ने आफूले अपेक्षा गरेको वाल्टर्सले बताइन् ।
केही उम्मेदवारहरूका लागि विद्यार्थी ऋणको विषयले केन्द्रीय स्थान पाइसकेको छ । स्यान्डर्सको ‘क्रान्तिकारी’ प्रस्तावको उद्देश्य सबै विद्यार्थी ऋणलाई समाप्त गर्नु र सरकारी कलेजहरूलाई निःशुल्क बनाउनु हो । साथै उहाँले विद्यार्थी ऋण भुक्तानीका लागि वित्तीय सहयोग गर्नुपर्ने चाहनुभएको छ । “अमेरिकीहरूले वाल स्ट्रिटको उद्धार गरेका थिए”, सन् २००० को दशकको अन्त्यमा आर्थिक मन्दीका क्रममा भएको ‘साह्रै ठूलो विफलता’ का लागि ऋणदाताहरूलाई उल्लेख गर्दै स्यान्डर्सले भनिन  “अब वाल स्ट्रिटले मध्यम वर्गलाई सहयोग पु¥याउने समय आएको छ ।” अर्की डेमोक्र्याटिक उम्मेदवार एलिजाबेथ वारेनसँग पनि विद्यार्थी ऋण रद्द गर्ने र निःशुल्क सरकारी कलेजको योजना छ । “मेरो बुबा दक्षिणी क्यालिफोर्नियाको अत्यन्त गरिब परिवारमा हुर्कनुभयो”, वाल्टर्सले भनिन्, “उहाँ विश्वविद्यालय जानुभएको एउटा मात्र कारण के थियो भने त्यहाँ पढाइ निःशुल्क थियो ।” तथापि शुल्क मात्र विद्यार्थीहरूको आर्थिक बोझ होइन ।
उदाहरणका लागि क्यालिफोर्नियामा सार्वजनिक विश्वविद्यालयका लागि वार्षिकरूपमा आवश्यक औसत ३५ हजार डलरको आधाभन्दा बढी त आवास र बस्ने खर्चमा सकिन्छ । हुनानियनका अनुसार विद्यार्थीहरू आफ्नो व्यावसायिक जीवन शुरु गर्नुभन्दा पहिला अत्यधिक ऋणबाट पीडित हुनु हुँदैन भन्ने सुनिश्चित गर्न त्यस्ता मुद्दालाई सम्बोधन गर्नु महत्वपूर्ण थियो । “विद्यार्थीका लागि पद्धतिले काम गरिरहेको छैन”, उहाँले भन्नुभयो, “यसले लाभदायक, ठूला कम्पनी तथा विद्यार्थी र ऋण लिनेहरुबाट पैसा कमाइरहेकाहरूका लागि काम गर्दैछ ।” अनुवादः दिलीप अधिकारी
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज: चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
असार ३, २०८३
कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
असार ३, २०८३
खेलकुदमा अब्बल खेलाडीलाई युएन कलेजको सम्मान
असार ३, २०८३
नयाँ बसपार्क तत्काल सञ्चालन गर्न दबाव
असार ३, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार ३, २०८३
महिलालाई कालोमोसो दलेको घटनामा सञ्जालको आपत्ति
असार ३, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज: चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
असार ३, २०८३
कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
असार ३, २०८३
खेलकुदमा अब्बल खेलाडीलाई युएन कलेजको सम्मान
असार ३, २०८३
नयाँ बसपार्क तत्काल सञ्चालन गर्न दबाव
असार ३, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार ३, २०८३
महिलालाई कालोमोसो दलेको घटनामा सञ्जालको आपत्ति
असार ३, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क