Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाज
समाज

पुष्पलाल लोकमार्ग अवरुद्ध

ब ब्लाष्ट खबर साउन २२, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
पुष्पलाल लोकमार्ग अवरुद्ध
फाइल तस्विर

रामबहादुर थापा बडीगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा सोमबारदेखि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अवरुद्ध छ ।

तुरतुरे ताल फुट्दा बडीगार्ड खोलामा आएको बाढीले लोकमार्ग बगाएको थियो । लोकमार्ग खुल्न अझै तीन साता लाग्ने जनाइएको छ । लोकमार्ग आयोजनाका इञ्जिनीयर अर्जुन गौतमका अनुसार १० मिटर माथिबाट नयाँ मार्ग खोल्ने काम शुरु भएको छ । “भदौ १० गतभित्रै यातायात नियमित गर्ने लक्ष्य छ”, उनले भने, “ब्रेकर लगाएर पहरा काटनुपर्ने भएकाले समय बढी लाग्ने भयो ।” तल बाढीको कटान र माथि भीर भएकाले एउटा भन्दा बढी डोजर प्रयोग गर्न नसकिने उनको भनाइ थियो । बाढीले झण्डै साढे दुई सय मिटर सडक भत्काएको छ ।

अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ । “नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भने । गत वर्षपनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो । पहिरोले बडीगार्ड खोला थुनिँदा करीब एक सय किमी क्षेत्रफलमा ताल बनेको थियो ।

सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । लोकमार्ग अवरुद्ध बनेपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको छ । सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बूर्तिवाङबाट छोटो तथा लामो दुरीमा चल्ने सवारीसाधन ठप्प छन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फपनि सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगार्ड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

बूर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् । लोकमार्ग अवरुद्ध भएको क्षेत्रमा झण्डै एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको स्थानीयवासी दिनेश शर्माले बताए । “हिँड्ने बाटो पनि साह्रै जोखिमयुक्त छ” उनले भने, “बिरामी, बालबच्चा, ज्येष्ठ नागरिक र अशक्तलाई साह्रै सास्ती छ ।” अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् ।

यात्रु बोक्ने सवारी साधन वारिपारी भएर चलेपनि खाद्यन्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ । लोकमार्ग नियमित हुन ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने स्थानीयवासी बताउँछन् । बडीगार्ड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको बताए । “तलको भन्दा यो सडक छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ”, उनले भने, “साता/दश दिनमै तुरतुरेमा जोड्न सकिने सम्भावना छ ।” उक्त सडक झण्डै एक किमि दुरीको छ ।

तीन सय मिटर मार्ग यसअघि नै खोलिएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीलगायतको टोलीले मङ्गलबार स्थलगत अनुगमन गरेपछि लोकमार्ग छिटो सञ्चालनका लागि सोही मार्ग प्रयोग गर्न सुझाएको थियो । मध्यपहाडी लोकमार्गका इञ्जिनीयर गौतमले भने उपल्लो बाटोमा धेरै घुम्ती बनाउनुपर्ने भएकाले तुरतुरेमा थप जोखिम निम्तिने बताए । “पहिले पहिरो गएकै ठाउँ माथिबाट दुई/तीनवटा घुम्ती निकाल्नुपर्छ”, उनले भन्नुभयो, “प्राविधिक हिसाबले त्यो झन् जोखिमपूर्ण छ, अर्को समस्या निम्त्याउँछ ।” 

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
कार्तिक १२, २०८३
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
कार्तिक १२, २०८३
२५ लाखभन्दा बढीका अवैध सामान बरामद
कार्तिक १२, २०८३
छापा संस्करण [ePaper]
  1. चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
    कार्तिक १२, २०८३
  2. फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
    कार्तिक १२, २०८३
  3. २५ लाखभन्दा बढीका अवैध सामान बरामद
    कार्तिक १२, २०८३
  4. धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
    कार्तिक १२, २०८३
  5. तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
    कार्तिक ११, २०८३
  6. कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
    कार्तिक ११, २०८३
  7. सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
    कार्तिक ११, २०८३
  8. भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
    कार्तिक ११, २०८३
  9. नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
    कार्तिक ११, २०८३
  10. एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    कार्तिक ११, २०८३
  11. तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
    कार्तिक ११, २०८३
  12. सुनको मूल्य बढ्यो: चाँदीको घट्यो
    कार्तिक ११, २०८३
  13. व्यवसायीको निधनले शोकमा वालिङ
    कार्तिक ११, २०८३
  14. भरुवा बन्दुकसहित एक जना पक्राउ
    कार्तिक ११, २०८३
  15. सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
    कार्तिक ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड