Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • पुष्पलाल लोकमार्ग अवरुद्ध

पुष्पलाल लोकमार्ग अवरुद्ध

alt फाइल तस्विर
  • साउन २२, २०७६
  • ब्लाष्ट खबर

रामबहादुर थापा बडीगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा सोमबारदेखि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अवरुद्ध छ ।

तुरतुरे ताल फुट्दा बडीगार्ड खोलामा आएको बाढीले लोकमार्ग बगाएको थियो । लोकमार्ग खुल्न अझै तीन साता लाग्ने जनाइएको छ । लोकमार्ग आयोजनाका इञ्जिनीयर अर्जुन गौतमका अनुसार १० मिटर माथिबाट नयाँ मार्ग खोल्ने काम शुरु भएको छ । “भदौ १० गतभित्रै यातायात नियमित गर्ने लक्ष्य छ”, उनले भने, “ब्रेकर लगाएर पहरा काटनुपर्ने भएकाले समय बढी लाग्ने भयो ।” तल बाढीको कटान र माथि भीर भएकाले एउटा भन्दा बढी डोजर प्रयोग गर्न नसकिने उनको भनाइ थियो । बाढीले झण्डै साढे दुई सय मिटर सडक भत्काएको छ ।

अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ । “नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भने । गत वर्षपनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो । पहिरोले बडीगार्ड खोला थुनिँदा करीब एक सय किमी क्षेत्रफलमा ताल बनेको थियो ।

सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । लोकमार्ग अवरुद्ध बनेपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको छ । सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बूर्तिवाङबाट छोटो तथा लामो दुरीमा चल्ने सवारीसाधन ठप्प छन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फपनि सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगार्ड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

बूर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् । लोकमार्ग अवरुद्ध भएको क्षेत्रमा झण्डै एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको स्थानीयवासी दिनेश शर्माले बताए । “हिँड्ने बाटो पनि साह्रै जोखिमयुक्त छ” उनले भने, “बिरामी, बालबच्चा, ज्येष्ठ नागरिक र अशक्तलाई साह्रै सास्ती छ ।” अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् ।

यात्रु बोक्ने सवारी साधन वारिपारी भएर चलेपनि खाद्यन्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ । लोकमार्ग नियमित हुन ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने स्थानीयवासी बताउँछन् । बडीगार्ड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको बताए । “तलको भन्दा यो सडक छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ”, उनले भने, “साता/दश दिनमै तुरतुरेमा जोड्न सकिने सम्भावना छ ।” उक्त सडक झण्डै एक किमि दुरीको छ ।

तीन सय मिटर मार्ग यसअघि नै खोलिएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीलगायतको टोलीले मङ्गलबार स्थलगत अनुगमन गरेपछि लोकमार्ग छिटो सञ्चालनका लागि सोही मार्ग प्रयोग गर्न सुझाएको थियो । मध्यपहाडी लोकमार्गका इञ्जिनीयर गौतमले भने उपल्लो बाटोमा धेरै घुम्ती बनाउनुपर्ने भएकाले तुरतुरेमा थप जोखिम निम्तिने बताए । “पहिले पहिरो गएकै ठाउँ माथिबाट दुई/तीनवटा घुम्ती निकाल्नुपर्छ”, उनले भन्नुभयो, “प्राविधिक हिसाबले त्यो झन् जोखिमपूर्ण छ, अर्को समस्या निम्त्याउँछ ।” 

सम्बन्धित समाचार
लागूऔषधसहित दुई पक्राउ

विजयपुर । सुनसरीको इनरुवा बसचोकबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्र ...

कांग्रेस जिम्मेवार प्रतिपक्षः सभापति थापा

विजयपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले जिम्मेवार प्र ...

क्षयरोग दिवसः विश्वमा वार्षिक १२ लाख ३० हजार मृत्यु

विजयपुर । विश्वभर क्षयरोगका कारण वार्षिक १२ लाख ३० हजार मानिसले ज्यान गुमाइ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
लागूऔषधसहित दुई पक्राउ
कांग्रेस जिम्मेवार प्रतिपक्षः सभापति थापा
क्षयरोग दिवसः विश्वमा वार्षिक १२ लाख ३० हजार मृत्यु
क्यान्सर रोगले सिङ्गो परिवार मानसिक तनावमाःअध्ययन
काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया शुरु
महालेखाको प्रतिवेदनः श्रम संस्कृति पार्कबाट ९८ लाख आम्दानी
मितेरी बैङ्कद्वारा वित्तीय साक्षरता
कोशी प्रदेशमा फैलियो बर्डफ्लु
रोटर्याक्ट क्लबद्वारा शिविर
इन्धन महँगीको चापमा इँटा उद्योग
आजको राशिफलः २०८२ साल चैत १० गते मङ्गलबार
अल्टा ट्रेल रनिङमा चेज हङ ताम र हङ क्यु किमी ल्योङ च्याम्पियन
वडाध्यक्ष तामाङ व्यावसायिक गाईपालनमा
सारङ्गीवादक गन्धर्वसहित सात जना सम्मानित
चलचित्र पत्रकार संघ सुनसरीमा श्रेष्ठ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved