बिर्तामोड / झापा प्रहरीले बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई दमक नगरपालिकाको बेलडाँगीबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले सोमबार बिहान बेलडाँगीबाट बिप्लवका दमक सेक्रेटरी सुवास राई र युवा संगठनका जिल्ला सदस्य पुकार लामालाई नियन्त्रणमा लिएको हो । नेकपाका जिल्ला सेक्रेटरी मनिषले बिज्ञप्ति जारी गर्दै ति कार्यकर्ता पक्राउ गरेको जनाएका छन् ।
उनले पार्टी कामको शिलशिलामा खटिरहेको बेला प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको जनाएका छन् । निहत्था कार्यकर्तामाथिको दमन बर्तमान सरकारको अराजनीतिक हर्कत भएको भन्दै उनीहरुको बिना शर्त रिहाइको माग पनि उनले गरेका छन् ।
सरकारले आफै निर्माण गरेको संविधान बिपरित जनताको स्वतन्त्रतापुर्वक हिडहुल गर्ने, फरक राजनीतिक बिचार राख्ने अधिकार कुण्ठित गर्ने शिलशिला जारी राखेको यस्ता हर्कत बन्द गर्न चेतावनी बिज्ञप्तिमा दिइएको छ । पार्टीको सहनशिलतालाई कमजोरी नठान्न समेत चेतावनी दिइएको छ । सरकारको यस्तै गतिविधि भए गिरफ्तार गरेर कारवाही गर्नै समेत बिज्ञप्तिमा छ ।