बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीकोे हिरासतबाट एकजना थुनुवा फरार भएका छन् । लागु औषध कारोबारमा पक्राउ परेका बिर्तामोडका शंकर रसाइली प्रहरी हिरासतबाट फरार भएका हुन् ।
रसाइली कै सुचनाका आधारमा पक्राउ परेका निर्मल क्षेत्रीलाई भने प्रहरीले म्याद थप गरेर कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । रसाइलीलाई क्षेत्रीले लागूऔषध उपलब्ध गराउँदै आएको प्रहरीले जनाएको छ । रसाइली थुनुवा कक्षबाट फरार भएको स्रोतको दावी छ ।
बिर्तामोडका प्रहरी प्रमुख मोहन थापाले स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा रसाइली फरार भएको बताए । एकदिन अघि पक्राउ परेका रसाइलीमाथी म्याद थप समेत गरी नसकिएको उनले बताए । उनी लागू औषधको प्रयोगकर्ता मात्र भएको दावी थापाले गरे । प्रहरीले रसाइलीको खोजतलास समेत नगरेको बताइएको छ ।