बराहक्षेत्र ।  आज भन्दा ८ बर्ष अगाडीको कुरा हो । तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा पाटीए प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लाइनमा गएर झापड हानेर निकै चर्चामा आएका थिए सुनसरीको बराहक्षेत्र ५ कालाबन्जरका देविप्रसाद रेग्मी अहिले चर्चामा छैनन् ।

हाल उनी आफ्नै निवास अगाडी सानो चिया नास्ताको होटल चलाएर जीवन चलाउदैं आएका छन् । रेग्मी भन्छन् –‘त्यो बेला देशमा निकै नराम्रो थियो नेताहरु गैर जिम्मेवार थिए । काम एउटा कुरा अर्को गथ्र्ये । सारा गरिब नेपालीले दुख पाइरहेका थिए । खाली वेरोजगार युवालाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने काम मात्रै गर्थे । यस्तो अवस्था थियो मैले नेतालाइ देख्दा धैर्यता गुमाए । त्यसैले आवेसमा आएर झलनाथलाई चड्कन दिएको बताउछन् ।

उनी एक सामान्य किसान परिवारका छोरा हुन् । २०४६ सालदेखि एमालेको कार्यकर्ता रहेका रेग्मीले आफ्नै आस्थाको पार्टीका अध्यक्षलाई हात लाउनु आफ्नो ब्यक्तिगत स्वार्थ नरहेको बताए । त्यो घटना मेरो कुनै योजनाबद्ध थिएन म बिजुलीको बिल तिर्न इटहरी गएको थिए । मान्छेको भिड देखेर कार्यक्रममा पसेको थिए ।– चिया पसलमा भेटिएका रेग्मीले भने ।

त्यो बेला मिडियामा निकै चर्चा चल्यो , खनालले खबर पनि पठाए मलाइ झापड हान्ने रेग्मिलाइ के चाहिएको छ म कहाँ पठाइदेउ म पूरा गरिदिन्छु भनेका रहेछन् । मैले जबाफमा भनेको थिए मेरो कुनै ब्यक्तिगत स्वार्थ छैन देशका सारा शोषित उत्पीडित गरिव जनताले न्याए पाउने काम गरिदेउ म फुलमाला लिएर आउछु । हुनत अहिले पनि देशमा राम्रो छैन गरिवले न्याय पाउदैन अलिक हुने पाउनेलाई कानुनले पनि छुदैन । नहुनेलाइ झुठो अभियोग पनि लाग्छ । यो अवस्था हेर्दा निकै दुख लाग्छ ।

त्यसपछि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले उनको निकै खोजी गरे । आउनुस पार्टी कमिटीमा बसेर काम गरौ भने पनि आफू त्यता नलागेको उनी बताउँछन् । पछिल्लो समयमा राजनीतिमा निकै उतार चढाब भो तर रेग्मिको जिवनमा खासै परिवर्तन आएन । नयाँ संविधान आयो , चुनाव भयो , नगरपालिका भयो मेयर , वडाअध्यक्ष सदस्य भए तर विकास त खासै केही देख्दिन , न देशमा रोजगारी छ, न त निर्मला पन्तहरुले न्याय पाए । देशमा सुख शान्ति भइरहोस भन्ने कामना छ तर नेताहरूले कहिले काम गर्छन् । त्यो दिन देख्न पाइने हो रेग्मिले चिन्ता ब्यक्त गरे ।