धनकुटा / धनकुटा जिल्लाको चौविसे गाउँपालिका वडा नं.४ गोठेगाउँमा जंगली च्याँउ खाँदा एकै घरका ४ जना विरामी परेका छन् ।
विरामी पर्नेहरुमा चौविसे गापा वडा नं.४ गोठेका वर्ष ६३ का टेकवहादुर लिम्वु, ६२ बर्षीय अमृताकुमारी लिम्वु, ३३ बर्षीय लक्ष्मीमाया लिम्वु र ४४ बर्षीया शुकमाया लिम्बुु रहेका छन् । जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु विरामी परेको स्थानीयल ेबताए ।
जंगली च्याउ खाएर विरामी परेका ४ जनाको मौनामवुधुक स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको गाउँपालिका अध्यक्ष खजिन्द्र कुमार राईले वताए ।