धरान / सुनसरी साईक्लिङ एसोसिएसनको आयोजनामा धरानमा शनिवार ५० किलोमिटर साइकल दौड सम्पन्न गरिएको छ । एसोसिएसनले पहिचान गरेको साइक्लिङ रुटमा एक सय व्यक्तिले दौडिएका छन् ।
धरानका प्रमुख धार्मिक स्थलहरुलाई फेरा मार्ने गरि बनाइएको ५० किमीको साइक्लिङ रुटमा ‘धरान कोरा २०१९ साईकिलिङ च्यालेन्स’ नाम दिएर विहान ८ः३० बजे शुरु गरिएको थियो । दौडको उद्घाटन धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले गरेकी थिइन ।
विष्णुपादुकाको जनज्योती आधारभूत प्राविलाई आर्थिक सहयोग जुटाउन दौडको आयोजना गरिएको दौडमा सहभागी प्रमेस श्रेष्ठले जानकारी दिए । घण्टाघरबाट शुरु गरेर तीनकुने, वीपी प्रतिष्ठान, विजयपुर, पानवारी, तराहरा, रासा ताल हुदैं हरियाली सामुदायिक वन समुहमा समापन गरिएको ।सुनसरी साईकिलिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लिम्बुले बताए ।

cycling1.jpg1 rut