विराटनगर/ विराटनगर– ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रमममा एक जना विरामीको मृत्यु भएपछि आइतबार दिउँसो तनाबग्रस्त बनेको छ । घुँडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका – ६ का ४७ वर्षिय सुनिल कुमार साहको आइतबार विहान मृत्यु भएको थियो ।
चिकित्सकले उपचारको क्रमममा लापारबाहि गरेको भन्दै मृतकका आफन्तहरू अहिले आन्दोलनमा उत्रिएका छन् । लापारबाही गर्ने चिकित्सकलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पताल अगाडी नाराबाजी गर्दै बसेका छन् । करिब तीन सयको संख्यामा पीडितका आफन्त र स्थानिय आन्दोलित छन् । घरबाट मोटरसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो । सोही दिन घुँडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए । साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनलको टिमले साहको शल्यक्रिया गरेको थियो ।
‘डा. सिंहले घुँडामा लागेको चोट बढदै गएकोले शल्यक्रिया गरिनुपर्ने बताएका थिए । शल्यक्रिया गर्न हामी पनि तयार भयौं । शनिबार शल्यक्रिया भयो । त्यसदिन हामीलाई भेटन दिइएन,’ ‘मृतकका भाई प्रदिप साहले भने, ‘आइतबार विहान त मृत्यु भइसकेको जानकारी दिइयो । यस्तो खबर सुन्दा हाम्रो होस उड्यो । एक छिन अगाडी घरबाट मोटसाइकल चलाएर आएको मान्छे, अहिले चिकित्सवले मृतक घोषणा ग¥यो । खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो ? त्यो पनि विहान मृत्यु भएको रहेछ । हामीलाई आइतबार ९ बजेमात्र जानकारी दिइयो ।’ उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ ।
यता नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा चिकित्सकले दिएको जानकारी अनुसार ‘हटएट््याक’ भएर यस्तो भएको उनले बताए ।
































