धरान/प्रबोध साप्ताहिक पत्रिकाले नवौं वार्षिकोत्सवको अवसरमा पत्रकार र लेखकलाई नगदसहितले सम्मानित गरिएको छ ।

धरानको गोर्खा डिपार्टमेन्टको हलमा शुक्रबार सम्पन्न वार्षिकोत्सवमा पत्रकार भरतराज शर्मा ‘गोपाल’ र लेखक खेम थपलियालाई नगद ५ हजार रुपैयाँसहितले सम्मान(पत्रले सम्मानित गरिएको हो । पत्रिकाकी प्रधान सम्पादक तथा प्रकाशक जमुना श्रेष्ठले बुबाआमाको नाममा स्थापना गरेको विष्णुनन्दा सृजनशील पत्रकारिता पुरस्कारबाट शर्मालाई सम्मानित गरिएको हो । त्यस्तै कृष्णसेन इच्छुक सांस्कृतिक बलिदान पुरस्कारबाट चितवन रत्ननगरका थपलियालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का र प्रधान सम्पादक प्रकाशक श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । त्यसक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई पनि कदर पत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनेमा गणेशकुमारी राई, शङ्कर सुनुवार, मच्छिन्द्र तामाङ, अमृत लिम्बू, चन्द्र हलुवाई, भीमादेवी राई, चित्रराज थापामगर, गजेन्द्र लम्जेल, दुर्गाबहादुर विक, प्रेमिका याक्खा रहेका छन् ।

पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलले आउँदो वर्षबाट पत्रकारहरूको लागि स्वास्थ्य उपचार कोषसमेत स्थापना गर्ने बताए । कार्यक्रममा सांसद् उमिता बराइली, नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङ, सङ्घीय समाजवादीका ताजुप लिम्बूलगायतले शुभकामना मन्तब्य राखेका थिए ।