धरान / गत साउन १ गते निधन भएका लोकतनत्र स्थापना पछिका धरान उपमहानगरपालिका धरानका पहिलो मेयर स्व. तारा सुब्वाको बार्षिक तिथिको अवसरमा धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा उनको अर्धकदको सालिक स्थापना गरिएको छ । आज प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी र कार्यवहाक मेयर मञ्जु भण्डारीले सालिकको अनावरण गरेका छन् ।
स्वर्गीय सुब्बाको सालिकमा माल्याण्मणसमेत गरिएको थियो । उनकी पत्नी इन्दु सुब्वा, भाई एजी सुब्वालगायतले माल्याण्मण गरे ।

हरियाली वन समुह परिसरमा स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्क बनाइने भएको छ । वन समुहले अढाई कठ्ठा जग्गा निशुल्क उपलव्द गराए पछि उनका परिवारले सालिक निर्माण गरेका थिए ।

गत बर्षको साउन १ गते उपचारको क्रममा मेयर सुब्बाको राजधानीमा निधन भएको थियो । उनी मृगाैला रोगले पीडित थिए । दुवै  मृगौला फेरिएको थियो । उनले धरान उपमहानगरको प्रमुख भएर ३६५ दिन जनताको सेवा गर्न पाएका थिए ।
सालिक अनावरण कार्यक्रम पछि धरान उपमहानगरपालिका परिसरमा उनको सम्झनामा स्मृति दिवस मनाइएको छ । दुवै कार्यक्रममा नेकपा नेता तथा कार्यकर्ताहरु, धरान उपमहानगरका वडा अध्यक्षहरुको वाक्लो उपस्थिति रहेको थियो । तर प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता तथा काङ्ग्रेसबाट विजयी वडा अध्यक्षहरुको भने उपस्थिति थिएन ।

1 5 2 3 3 2 5 3 4 3