धरान । इटहरी उपमहानगरकाे वाडानम्बर १३ स्थित खनारमा श्रीमान श्रीमतीकाे मृत्यु  ३ घण्टाकाे फरकमा भएपछि त्यहाँका स्थानिय चकित परेका छन् । कमाै मात्र घट्ने यस्ताे घटनाले इटहरीबासीलाई अचम्मित तुल्याएकाे छ ।

मङ्गलबार ७८ बर्षिय श्रीमती नर्वदा भट्टराईकाे मृत्यु भएकाे ३ घण्टाकाे अन्तरालमा श्रीमान ८६ बर्षिय टिकाप्रसाद भट्टराईको हर्ट अट्याक  भएर मृत्यु भएको आफन्तले बताएका छन् ।

संगै  जिउने मर्ने बाचा गरेर बिबाह बन्धनमा बाधिएका जाेडीकाे यसरी संगै भएकाे मृत्युलाई स्थानियहरूले प्रेमकाे प्रतिफल बताएका छन्।स्थानियले शवलाई नगरपरिक्रमा समेत गरेका छन् । मृतक दुबैलाई इटहरीको बुढीखोलामा एउटै चितामा दाहसंस्कार गरिएकाे थियाे ।