Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाचार
समाचार

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ: अध्यक्ष दाहाल

ब ब्लाष्ट खबर असार ३१, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ: अध्यक्ष दाहाल
 
काठमाडाै‌ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताए  । ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले असार मसान्तभित्र एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताए ।
अध्यक्ष दाहालले सकेसम्म आजै कार्यविभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग र आयोग टुङ्ग्याउने तयारीमा रहेको बताउनुभयो । “मूलभूत रुपमा आज हामी बाँकी काम टुङ्ग्याउँछौँ”, उनले भने, “सचिवालय, स्थायी कमिटी बसेर त्यसलाई अन्तिम रुप दिने छाै‌ । ढिलै भए पनि केन्द्रीय कमिटीको बैठक बसेर केन्द्रीय कार्यक्रम र अभियान बनाएर देशव्यापी अभियानमा जानेछाै‌ ।” केही महीनाभित्र पार्टी कमिटीलाई जनतासँग जोड्ने गरी अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो ।
देशभित्र र बाहिर दुई पार्टीबीच भएको एकतालाई असफल पार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले कसैको दयामायाले आफूहरुले एक्लै दुई तिहाइ मत नपाएको प्रस्ट पारे । “हिजोका राजा महाराजाको दयामायाले हामी यो स्थानमा आएका होइनौँ”, उनले भने, “हामीले लडेर, सङ्घर्ष गरेर, जनतासँग एकाकार भएर, जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्ने प्रक्रियामा त्याग, तपस्या र बदिलानका थुप्रै कीर्तिमान कायम गर्दै खोसेर लिएको हो ।”
उनले देशको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टी एकता आवश्यकता छ भन्ने बोध गरेर मात्र दुई पार्टी एकता गरिएको प्रस्ट पारे । “प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरिएको होइन, पार्टी एकता खल्बल्याउने देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हामीले परास्त ग¥यौँ”, अध्यक्ष दाहालले भने, “हाम्रा उम्मेदवार, घोषणापत्र र पार्टी एकता गर्ने सङ्कल्पलाई देशैभरि जनताले अनुमोदन गरेका छन् ।” उनले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाइ प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहनाअनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि दोहो¥याए ।  उनले भने, “हामी कम्युनिष्टहरूलाई हराउने भनेको हामीभित्रको अहङ्कार हो । प्रतिक्रियावादीले हामीलाई हराउन सक्दैन ।” उनले शोभियत सङ्घ र युरोपका कम्युनिष्ट पार्टी पतन भएको आन्तरिक कारण नै प्रमुख रहेको बताए ।  जनताको मन जित्ने गरी सम्पूर्ण नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले असल व्यवहार, आचरण देखाए मात्र जनताले समर्थन गर्ने बताए ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

बीपीको हाडजोर्नी विभागको प्लास्टर कोठाका लागि एसी सहयोग
कार्तिक १२, २०८३
चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
कार्तिक १२, २०८३
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
कार्तिक १२, २०८३
छापा संस्करण [ePaper]
  1. बीपीको हाडजोर्नी विभागको प्लास्टर कोठाका लागि एसी सहयोग
    कार्तिक १२, २०८३
  2. चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
    कार्तिक १२, २०८३
  3. फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
    कार्तिक १२, २०८३
  4. २५ लाखभन्दा बढीका अवैध सामान बरामद
    कार्तिक १२, २०८३
  5. धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
    कार्तिक १२, २०८३
  6. तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
    कार्तिक ११, २०८३
  7. कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
    कार्तिक ११, २०८३
  8. सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
    कार्तिक ११, २०८३
  9. भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
    कार्तिक ११, २०८३
  10. नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
    कार्तिक ११, २०८३
  11. एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    कार्तिक ११, २०८३
  12. तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
    कार्तिक ११, २०८३
  13. सुनको मूल्य बढ्यो: चाँदीको घट्यो
    कार्तिक ११, २०८३
  14. व्यवसायीको निधनले शोकमा वालिङ
    कार्तिक ११, २०८३
  15. भरुवा बन्दुकसहित एक जना पक्राउ
    कार्तिक ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड