ब्लाष्टखबर । उदयपुरको रौतामाई नगरपालिका-७ का १४ बर्षीय बालकको बाढीले बगाएर मृत्यु भएको छ ।

छाउरे खोला नजिकैरहेकाे घरमा सुतिरहेका आमा सुनिता तामाङ र छोरा आर्यन तामाङलाई साेमबार राती अचानक आएकाे बाढिले बगाउदा  छाेरा आर्यन तामाङकाे मृत्यु भएकाे सुकौरा हरी चौकीले जनाएकाे छ ।

बाढीमासंगै बगेकी आमा सुनिता प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा जिवितै उद्धार गरिएको थियाे भने छोरा आर्यनलाई बाढीले बगाएर बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा आज (मंगलबार) बिहान  त्रियुगा खोलाको किरानामा मृत अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।