उदयपुर /  उदयपुरको रौतामाई गाउँपालिका – ७ र ८ को विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि दुई जना बेपत्ता भएका छन् ।
पालिकाको ८ नम्बर वडाको घट्टामा छौडिया खोलाको बाढीले घरसहित बगाएर १५ वर्षीय आरयन तामाङ बेपत्ता भएका हुन । अर्का । ८ नम्बर वडाको डिल्लीबरका ५५ वर्षीय रणमाया रिखाम मगरलाई पहिरोले बगाएको छ ।
गत राती १०ः१५ बजे एक्कासी घरमा बाढी आएपछि बाख्रा, सुँगुरलगायत घरको सामान सुरक्षित स्थानमा सार्ने क्रममा उनको आमा सुनिता भुलेज तामाङलाई बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको स्थानियले थाहा पाएपछि आमालाई तुरुन्त उद्दार गरि उपचारको लागि सिभिल अस्पताल गाईघाट ल्याई थप उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
त राती आएको भिषण बाढीले मुर्कुची बजारमासमेत क्षती पु¥याएको छ । बजारमा बाढी पसेर बजार आसपासको सार्वजनिक भवनहरु बगाएको छ । बस पार्कमा पार्किङ गरेर राखेको एउटा गाडी बगाएको प्रहरीले जनाएको छ ।
छौडिया खोला पहिरोले थुनिएको भन्ने स्थानियले हल्ला गरेपछि मुर्कुची बजारको स्थानिय र व्यापारीहरु सुरक्षीत स्थानमा सरिसकेका छन् । बाढी पहिरोले करिब तीन सय ५० घरमा ठुलो क्षती पुगेको प्रहरीले जनाएको छ ।