वराहक्षेत्र / विरल परेको पानीले पहिरो गएर वाटो अवरुद्ध हुंदा वराहक्षेत्र नगरपालिकाको वराहक्ष्ँोत्र मन्दिर क्षेत्रका वासिन्दा ८ दिनदेखि सडक, विजुली र संचारसंग सम्पर्क विहिन बनेका छन् । लगातार भईरहेको वर्षाले गर्दा वराहक्ष्ँोत्र चतरा सडकखण्डमा जताततै पहिरो गए पछि वराहक्षेत्र मन्दिर क्षेत्रका ८० घरधुरीका करिव ४ सय स्थानियवासी आधारभुत आवश्यकतावाट समेत वंन्चित भएका हुन् ।

असार २२ गतेदेखि परेको पानीले वराहक्ष्ँोत्र चतराको सडकको,कोशीपूलदेखि मन्दिर एरियासम्मको साढे तीन किलोमीटर वाटोमा पहिरो गएर बन्द भएको छ । वाटोको अधिकांश स्थानमा पहिरोले पुरेपछि दैनिक जिवनयापन निकै कष्टकार बनेको स्थानिय वराहक्ष्ँोत्र संरक्षण मञ्चका सचिव राजु घिमिरले बताए । ‘पहिरोले वाटो पुरै अवरुद्ध छ , हिड्न सकिएको छ्रैन् , बच्चाहरुको पढाई छुटेको छ ।’–उनले भने ।

अवरुद्ध सडक खुलाउन सकेले पहल नगरेको स्थानीयले बताए । बोलवमको समय भए पनि पिण्डेश्वरमा चढाउने पानी लिन जाने बाटो क्षतविक्षत हुदासम्म सरकारले चासो नदिएको उनीहरुको भनाई छ ।