धरान / सन् २०१८ जेठ ९ गते धरानको तस्विर विश्वको सर्वोेच्च शिखर सगरमाथा पुगेको थियो । शिखरमा धरानको तस्विर भएको तस्विर हेरेर धरानेहरु गदगद भए । धरानलाई सगरमाथासम्म पु¥याउने अरु कोही नभएर धरानकै चेली देउराली चाम्लिङ थिइन । उनले ५ महिला आरोहीका साथ धरानलाई शिखरमा पु¥याएकी थिइन ।
सगरमाथाको सफल आरोहण गर्ने उनी धरानकी पहिलो व्यक्ति पनि हुन । त्यति बेला खासै उनको त्यो कामको प्रसंशा हुन सकेन । धरान उपमहानगरले पनि उनको त्यो सहासिक कामको कदर गर्न सकेको थिएन ।
तर एक बर्ष पछि धरानले उनलाई सम्झेको छ । आइतबार धरानको तस्विर शिखरमा पु¥याएर धरानको पर्यटन प्रर्वधन गरेको भन्दैं आरोही देउराली चाम्लिङ लाई नगद एक लाखसहित सम्मान गरेको छ ।
पुर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमको अवसरमा उनलाई सम्मान गरिएको छ । कार्यवाहक मेयर मञ्जु भण्डारीले साहासिक महिलाको रुपमा उनललाई सम्मान गरिन ।
धरान निवासी चाम्लिङ पत्रकार समेत हुन । ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिताको यात्रा शुरु गरेकी उनी पछिल्लो समय काठमाडौंमा बसेर पत्रकारिता पनि गदैं आएकीछन् । पाँच महिलाहरु रोषा बस्नेतको योजनामा चुचुरामा पुगेका थिए ।