धरान / केही दिनदेखि लगातार परेको बर्षाले सप्तकोशी नदीको बहाव बढेको छ । आज विहान ६ बजे मापन गरिए अनुसार सप्तकोशी नदीको पानीको बहाव ९९ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड रहेको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
पूर्वी पहाडी भेगमा निरन्तर बर्षा भए पछि सप्तकोशी नदीको बहाव बढ्दै गएको हो । मंगलबारदेखि पूर्वमा निरन्तर पानी परिरहेको छ ।
सप्तकोशीमा पानीको बहाव बढ्दै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































