धरान  / धरान उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तर्गत आज १८ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।
प्रदेश नं. १ की प्रदेश सभा सदस्य सावित्रा श्रेष्ठ, कार्यवहाक मेयर मञ्जु भण्डारी, २० वटै वडाका वडा सदस्यहरुलगायतको वृहत उपस्थितिमा बालमैत्री वडा घोषणा गरिएको हो । प्रमुख अतिथि श्रेष्ठले धरान–१८ ले निर्माण गरेको वाल उद्यानको उद्घाटनसमेत गरिन । बालमैत्री वडा बनाउनका बालबालिकाहरुलाई खेल्नका लागि प्रत्येक वडामा एउटा वाल उद्यान बनाउने लक्ष्य रहेको छ । धरान उपमहानगर भित्र वडा नंं १८ ले बाल उदान बनाएर पहिलो भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले बालमैत्री वडाबारे अवधारणा प्रस्तुत गरेका थिए । यस अघि धरान–१२, १३ र १४ लाई वालमैत्री वडा घोषणा गरिएको छ ।

वडाले स्वास्थ्य र खेलकुद क्षेत्रमा योगदान दिने दुई जनालाई सम्मानसमेत गरेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. सिद्धार्थ राई राई र बाँस्केटवलका राष्ट्रिय खेलाडी बैभव कुँवरलाई सम्मान गरेको हो । कुँवर डिपो उच्च माविबाट यो बर्ष एसइई पास गरेका हुन भने राई डिपोकै पूर्व विद्यार्थी हुन । उनले प्रष्ठिानको एमडी कोर्षका लागि एक नं. मा नामसमेत निकालेका छन् ।

1 2 6 4 5 2 8