मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाले आ.ब. २०७६/०७७ को लागि आवहान गरेको आन्तरीक आय बन्दोबस्ती सम्बन्धी ठेक्का असह परिस्थतीको सृजाना भएको भन्दै रद्ध गरिएको छ । बुधबार मध्याह् १२ बजे सम्म शिल बन्धी बोलपत्र दर्ताको समय तोकीएको थियो । तोकीएको समय भित्र खासै बोलपत्र दर्ता नभएको तर ११ः५०बजे देखी मात्र व्यवसायीहरु बोलपत्र दर्ता गर्न आएपछी बोलपत्र बुझाउनेहरु बिचमा आपसी असमझदारी उत्पन्न भएको बताइएको छ ।
समय सकिन लाग्दा व्यवसायीहरु तछाड मछाड गर्दै बोल पत्र दर्ता गर्न तम्सीएकाले व्यवसायी व्यवसायी बिच निवेदन खोसाखोसको स्थीती सृजाना भई केही समय गउँपालिका परिसरमा तनाब ग्रस्त स्थीतिको सृजना भएको थियो । सोही समयमा निर्धारीत समय सकिएको र बतावरण समेत असहज भएको भन्दै ३९ जना व्यवसायीहरुले लिखित रुपमा बोलपत्र रद्ध गर्न भन्दै निवेदन दिएका थिए ।
बुधबार नै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त बोलपत्र आवहान गरिएको ठेक्का आवहान लाई रद्ध गरि नयाँ बोलपत्र आवहान गर्ने निणर्य भएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले बताए ।
व्यवसायीहरुले समय सकिन लाग्दा एकैपटक शिल बन्दी दर्ता गर्न आएको र उनिहरु बिचमै बोल बत्र खोसाखोको स्तथीति सृर्जना भएकाले ठेक्का रद्ध गरी नयाँ ठेक्का लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।
मिक्लाजुङ गाउँपालिकमा आ.ब. २०७६/०७७ का लागि पुर्वाधार उपभोग शुल्क पटकेमा मात्र ६० वटा फर्म बिक्री भएकोमा ३ वटा मात्र दर्ता भएका थिए । त्यस्तै पशु चौपाय तथा हाटबजारमा २० वटा फर्म विकेकोमा ५ वटा र अस्थायी हाटबजार उपयोगमा ७ वटा फर्म बिकेकोमा ० वटा आवेदन दर्ता भएको गाउँपालिका स्रोतले बताएको छ ।
अब पुन: नयाँ टेण्डरको आवहन गरी पुन ठेक्का प्रक्रिया अगाडि बढाइने गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । यस्तै व्यवसायीले जम्मा गरेको धरौटी बापतको रकम बुधबारनै व्यवसायीहरुलाई फिर्ता गरिदिएको प्रमुख प्रशाशकी अधिकृत प्रमोद कुमार चौधरीले बताए ।

































