धरान  / धनकुटे रोड संघर्ष समितिले धनकुटे रोडदेखि राजमार्ग वाईपास गर्ने र जग्गा फुकुवा गर्ने माग गदैं स्थानीयवासीले आज धरान उपमहानगरपालिकामा घेराउ गरेका छन् ।
उनीहरुले काम गर्न नसक्ने जनप्रतिनीधिहरुले तत्काल राजीनामा दिन मागसमेत गरेका थिए । आफुहरुलाई उपमहानगरले अन्याय गरेको भन्दैं नारावाजी गरेका थिए ।
समितिले यस सम्बन्धमा धेरै पटक ज्ञापनपत्र बुझाएको र गर्नु पर्ने जति सबै कुरा गरिसकेको अब पनि कार्यनयन भएन भने बल प्रयोग गर्ने उपाध्यक्ष हर्क साम्पाङले बताए ।
कार्यवहाक मेयरका स्वाकिय सचिव सुदेश चापागाईले जताभावी बोलेको भन्दैं स्थानीयले हातपातको प्रयास समेत गरेका थिए । विवादले उग्र रुप लिए पछि प्रहरीले चापागाईलाई बचाएको थियो । उनीहरु नगरपालिकाको कर्मचारीको बोल्ने शैली नभएको भन्दैं हातपातको प्रयास गरेका थिए ।
धनकुटे रोड हुदैं मदन भण्डारी राजमार्ग बन्ने भनेर केन्द्रीय सरकारले परिपत्र गरेको थियो । तर राजमार्ग बन्दा स्थानीयहरु घरवारविहीन हुने भनेर वाइपास गर्न माग गदैं संघर्ष समिति नै बनाएका थिए ।
नगरपालिकाले वाईपास गर्ने भनी दुई पटक लेखेर दिए पनि जग्गा फुकुवा नभएको उपाध्यक्ष साम्पाङले बताए । यस्तो आस्वसन धेरै पटक भो अब पनि भनेको अनुसार गरेनन भने जनताले मोसो दल्ने र हातपात गर्ने योजना रहेको उपाध्यक्ष साम्पाङले बताए । यस विषयमा नगरपालिकाले आजभोलि भन्दै टाल्टुल र विभिन्न बहाना गर्दै आएको धनकुटे रोड संघर्ष समितिका सदस्य टङ्क राईले बताए । यस बिषयमा बिगत चार बर्ष देखि यो बिषयमा लडिरहेका पनि सदस्य राईले जानकारी दिए । बिगत चार बर्षदेखि लगातार कर तिर्दै आएको तर आफ्नो जग्गा भोकचलान गर्न नपाइराखेको सदस्य राईले बताए ।
स्थानीयले घेराउ गरेको कार्यवहाक मेयर मञ् भण्डारी र संघषृ समिति विच वार्ता भएको थियो । वार्तामा अहिले नै पुरा नहुने द्द÷४ दिन पछि माग बारे सम्बोधन गर्ने प्रतिवद्धता जनाएको उपाध्यक्ष साम्पाङले जानकारी दिए । यस बारे यातायात मन्त्रालयसँग तत्काल बसेर समाधान गर्ने सहमति भए पछि उनीहरुले उपमहानगर घेराउ बन्न गरेका थिए । प्रक्रिया अनुसार बिहिवार९पर्सि० उपमेयर मन्जु भण्डारी यातायात मन्त्रालय काठमाडौं गएर केन्द्रबाटै वाइपास गराएर जग्गा फुकुवा गर्ने बैठकमा उपमेयर भण्डारीले दाबी गरेको उपाध्यक्ष साम्पाङले जानकारी दिए । धरानको तिनकुनेलाई जिरो पोइन्ट बनाउने गरि बिहिबार मन्त्रालयमा प्रस्ताव लिएर जाने र प्रस्ताव रखिसकेपछि मन्त्रालयबाट प्रतिबेदन ल्याएपछि जग्गा फुकुवा गर्छौ भनि उपमेयर भण्डारीले बैठकमा दाबी गरेको उपाध्यक्ष साम्पाङले बताए ।