इटहरी । पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका इटहरीका मेयर द्वारिकलाल चौधरीले मर्यादाबाहिर रहेको पत्रकार महासङ्घको नेतृत्वमा बनेको मिसन टोलीले निश्कर्ष निकालेको छ ।

मेयर चौधरीले पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाच्न एक करोड रुपैयाँ छुट्याएको भन्दै दिएको धम्कीपछि बनेको मिसन टोलीले यस्तो निश्कर्ष निकालेको हो । टोलीका संयोजक मोहनकाजी न्यौपानेले पत्रकार महासङ्को १ नम्बर प्रदेश समितिलाई प्रतिवेदन बुझाएको छ । पत्रकारहरुलाई आघात पुग्ने कुनै कुरा नगर्न मिसन टोलीले नगर प्रमुखलाई सुझाब दिएको छ । मिसन टोलीले प्रतिवेदनको सारांश सार्वजनिक गर्दै टोलीका संयोजक न्यौपानेले आगामी दिनमा पत्रकारहरूमा यसरी घटना नदोहोरिने वातावरण बनाउँनसमेत आग्रह गरे ।

पत्रकारलाई दिएको धाकधम्की अराजक, अभद्र रहेको मिसन टोलीले जनाएको छ । भ्रष्टाचारमा पत्रकार बाधक भन्ने अभिव्यक्ति भ्रामक भएको पनि प्रतिवेदनमा उल्लेख छ । यता पत्रकार विराट अनुपमले पनि फेसबुकको कमेण्टको विषयलाई लिएर मेयर चौधरीलाई उत्तेजित बनाएको भन्दै आचारसंहितामा रहन पत्रकारलाई समेत सुझाव दिएको छ । त्यस्तै अनुपमले फेसबुकमार्फत् सामाजिक व्यक्तिहरूको मानमर्दन तथा प्रतिष्ठामा आघात पु¥याएकोसमेत प्रतिवेदनमा उल्लेख छ । पत्रकार महासङ्घले घटनाको यर्थाथ बुझ्न भन्दै मिसन टोली बनाएको थियो । मेयर चौधरीले पत्रकारलाई धम्क्याएको विषयमा माफी मागिसकेका छन् ।

यस्ताे छ सारांशः


62241037-317793249132413-3392681979500560384-n