इटहरी / सुनसरी इटहरीकी एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । त्यो पनि तीन जनानै छोरा छन् । इटहरी १५ की ३५ बर्षीया बिन्दा चौधरीले एकै पटक तीन छोरा जन्माएकी हुन । बिन्दाले आइतबार घरमै १ छोरा जन्माएको थिइन ।
घरमा १ छोरा जन्मे पनि बिन्दालाई समस्या भए पछि विराटनगरको टिचिङ अस्पताल लगे पछि थप दुई वटा छोरा जन्माएकी हुन ।
सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था पनि राम्रो रहेको कारण घर ल्याइसकेका छन ।
एकै पटक तीन छोरालाई जन्म दिएकी बिन्दाले आफु खुसी भएको बताइन । एकै पटक तीन छोरा जन्माए यो भन्दा अगाडी पहिलो सन्तान पनि छोरानै छ खुसी हुदै उनले भनिन् । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सन्तान हुर्काउँन भने गाहे हुने उनको दुखेसो थियो ।
बिन्दाको श्रीमान गौतम चौधरी घर निमार्णको मजदुरी काम गदै आएका छन । थोरै आयश्राेत हुदा परिवार पाल्न भने समस्या भईरहेको गौतम बताउँछन । घरमा एकै चोटी तीन छोरा जन्मदा खुसी भएको भए पनि कसरी पालन पोषण गर्ने भन्ने विषयमा भने चिन्तित भएको बताए ।
































