धरान / जेठ २७ गते हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका लागि दुई निर्वतमान उपाध्यक्षहरुले उम्मेद्वारी आज दर्ता गराएका छन् ।

वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका विजय श्रेष्ठ र द्धितिय उपाध्यक्ष गिरीधारी सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन । यस्तै, ८ जना वाणिज्य सदस्यको पदमा १६ जनाको उम्मेदवारी परेको छ ।
धरानमा राम्रो छवि बनाएका गिरीधारी सापकोटा सु्नसरी उद्योष् बाणिज्य संघमा सदस्य, सचिव हुदै उपाध्यक्ष भएका हुन । उनी व्यवासायीहरु ubasagh

को हित तथा उनीहरुलाई अप्ठ्यारो परेका बेला सहयोग गरिदिने नेताको रुपमा चिनिन्छन् ।
श्रेष्ठ पनि सदस्य हुदै महासचिव, उपाध्यक्ष भएका व्यव सायी हुन । उनी निर्माण व्यवसायीको रुपमा चिनिन्छन् ।

वाणिज्य तर्फ( ८ जनाका लागि)

  • मनोज श्रेष्ठ,
  • मानबहादुर विश्वकर्मा,
  • काजी गिरी,
  • उपेन्द्र चाम्लिङ,
  • सीताराम आचार्य,
  • दिनेश राई,
  • अशोक जैन डाँगा,
  • राजेश अग्रवाल,
  • रंजित चौधरी,
  • सशी साह,
  • प्रेमप्रसाद पराजुली,
  • नविन राजभण्डारी,
  • केशव श्रेष्ठ,
  • शैलेशकुमार आचार्य(प्रमोद),
  • अंकित अग्रहरी र
  • जयप्रकाश शर्मा

वाणिज्य महिला सदस्य(एक जनाका लागि)

  • ममता शाक्य र
  • शुभेच्छा अधिकारी(श्रेष्ठ)ं

उद्योग सदस्यतर्फ ४ जनाका लागि

  • अनुप देवान,
  • राजकुमार निरौला,
  • राजकुमार राई,
  • रोजन रनपैली,
  • विष्णु वराल,
  • पियुष राज आचार्य,
  • प्रभाव खतिवडा र
  • महेन्द्र प्रधान

एशोसिएट तर्फ ३ जनाका लागि

  • अनिलकुमार अग्रवाल,
  • राजेश अग्रवाल गोयल,
  • राजु साह,
  • गोपाल श्रेष्ठ,
  • रोहन हाँडा र
  • किसन मास्के

वस्तुगत र उद्योग महिलामा निर्विरोध

वस्तुगत र उद्योगतर्फको महिला सदस्यमा भने निर्विरोध चयन भएको छ । वस्तुतगततर्फको २ जनाको सदस्य पदमा शिवराज श्रेष्ठ र रामस्वरुप शर्माकाे मात्र उम्मेद्वारी परेको छ । उद्योगको महिलातर्फ एलिना मगरको मात्र उम्मेद्वारी परेको छ ।

alina