भण्टावारी/ कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको जंगली हात्तीकाे आक्रमणबाट भण्टावारीमा एकजना मृत्यु भएको छ ।

सीमा प्रहरी चौकी भण्टावारीका अनुसार आइतबार पौने १० बजे रातिको समयमा जङ्गली हात्तीले आक्रमण गर्दा कोशी गाउँपालीका-८ भण्टावारी बस्ने सदरुल मिया को मृत्यु भएको हो ।

हात्ती आक्रमण बाट गम्भीर मियाको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो भने उनकी छोरी घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।